October 28, 2026
श्रेणीहरू सबै समाचार

मनाङको हिमलुङ हिमपहिरोमा परी ४ को मृत्यु

तस्बिरःनेपाल राष्ट्रिय पर्वतीय गाइड संघ

काठमाडौं– मनाङको नार्फाभूमि गाउँपालिका–५ हिमलुङ हिमाल गएको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको छ ।

आइतबार बिहान हिमलुङ बेसक्याम्पमा हिमपहिरो जाँदा १४ जना बेपत्ता भएका थिए । त्यसमध्ये आइतबारै २ जना मृत भेटिएका थिए भने सोमबार थप २ जना मृत भेटिएको नेपाल राष्ट्रिय पर्वतीय गाइड संघले जनाएको छ ।

सोमबार मृत भेटिनेमा वीरेन्द्र गुरुङ र घनश्याम राई रहेका छन् भने आइतबार चाहिं छेवी भोटे र पासाङ भोटेको रहेका छन् ।उनीहरुको शव पोष्टमार्टमको लागि काठमाडौमा ल्याइएको छ ।
हिमपहिरोदेखि ठाडो खोलामा एकैपटक बाढी आएको कारण मनाङमा बिजुली तथा नेटवर्कको समस्या भएको छ ।

हिमलुङ हिमालतर्फ गएका अन्य १० जना सुरक्षित रहेका छन् ।
मनाङको चामेमा ठाडो खोलाबाट झरेको लेदोले मस्र्याङ्दी नदीमा ताल बने पनि पछि खोलिएर जोखिक कम हुँदै गएको स्थानीय प्रशासनले जनाएको छ ।
वर्षाका कारण चामेका खोलामा आएको बाढीले ५ वटाघर क्षति पुगेको छभने २ वटा काठेपुल र २ वटा कजवे बगाएको छ ।
ताल गाउँमा १० घर डुबानमा परेको छ । नासों गाउँपालिकामा मस्र्याङ्दी झोलुंगे पुल बगाएको छ ।

प्रतिक्रिया