काठमाडौं–नुवाकोट र रसुवा सिमास्थित बेत्रावतीमा एक्रोब्रिज हालिएपछि आइतबारबाट यातायात संचालनमा आएको छ ।
एक्रोब्रिज नेपाली सेना तथा सशस्त्र प्रहरीबल मिलेर बेत्रावतीमा पुल निर्माण गरेका हुन् । पुल निर्माणभएपछि यात्रा गर्न सहज भएको छ । गएको भदौ १० गते भोटेकोसी त्रिशूली नदीमा आएको बाढीले बेत्रावतीमा रहेको २ पक्की पुल र नजिकैको झोलुङे पुल बाढीले बगाएपछि त्रिशूलीवारिका रसुवा आवतजावत बन्द भएको थियो ।
एक्रोब्रिज पुल ४० टन भारवहन क्षमता रहेको र ७३ दशमलव २ मिटर लामो छ भने ५ दशमलव ५ मिटर चौडा छ ।
पुल नहुँदा खाद्यान्न लैजान बाढीपीडितका सास्ती भएको थियो । बेत्रावतीस्थित फलाखुखोलामा नेपाली सेनाले ३ सयमिटर सडकखण्डमा कडा चट्टान फुटाएर पहुँचमार्ग निर्माण गरिएको थियो । उक्त एक्रोब्रिज सेनाले ५ दिनमा जडान गरेको थियो । उक्त पुल गल्छी–त्रिशूली–मैलुङ– स्याफ्रुबेसी– रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ ।
प्रतिक्रिया