September 11, 2026
सबै समाचार

बाढी कारण चीनतर्फ फसेकाहरु ९ दिनपछि तातोपानीबाट फर्किए

तातोपानी नाकाको फाइल तस्बिरः सामाजिक संजालबाट

काठमाडौं–रसुवास्थित भोटेकोशीमा आएको बाढी कारण रसुवागढी नाका हुँदै चीनको स्वशासित क्ष्ँेत्र केरुङतर्फ अलपत्र परेका नेपाली स्वदेश फर्किएका छन् ।

उनीहरु बिहिबार चीन सरकारले उद्धार गरी सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै फिर्ता पठाएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले ३ वटा बसमा उनीहरूलाई काठमाडौँतर्फ पठाइएको जनाएको छ ।

भदौ १० गते सिमामा लेन्दे खोला र त्यसपछि भोटेकोसीको नामले चिनिने उक्त खोलामा भीषण बाढी आएरपछि मितेरीपुल सहित नेपाली भुभागमा रहेका सडक र पुल लगायतका संरचना बगाएपछि उनीहरु स्वदेश फर्किन सकेका थिएनन् । स्वदेश फर्किएका १ जना जनक महत मात्र काठमाडौँका स्थानीय भएको र अरु सबै रसुवाका थिए ।

प्रतिक्रिया