September 11, 2026
अर्थ तथा कृषि मुख्य समाचार सबै

बाढीबाट धादिङ लगायत नुवाकोटमा ठूलो संख्यामा पशुपंक्षी नष्ट

बाढी आएपछि गाई सहित सुरक्षितस्थानमा बस्न सफल भएका एक किसान । तस्बिर सौजन्यः चक्रमिलन आचार्यको सामाजिक संजालबाट ।

काठमाडौं–रसुवामा भोटेकोसी र नुवाकोटमा त्रिशूली भनेर चिनिने नदीमा आएको भीषण बाढीबाट पशुपन्छीको ठूलो क्षति पु¥याएको छ ।


नेपाल भेटेरिनरी एसोसिएसनको प्रारम्भिक अध्ययनअनुसार नुवाकोटमा मात्रै बाढीमा परेर १२ सय ७८ वटा गाई तथा भैसी, २ हजार बाख्रा, १५ सय बंगुर, १ लाख २१ हजार कुखुरा, १ सय पोखरीमा पालिएका २७ हजार माछा लगायत सयौं पशुपंक्षी फर्महरु नष्ट भएको जनाएको छ ।

बाढी आएको ७ औं दिनमा एसोसिएसनको ६ सदस्यीय टोलीले नुवाकोटको बाढीग्रस्त क्षेत्र स्थलगत अनुगमन गरी उक्त तथ्यांक बाहिर ल्याएको हो । बाढीले मृत पशुपन्छीबाट संक्रमण रोग फैलिन सक्ने जोखिम समेत रहेको व्यावसायिक रूपमा पालिएका कुखुरा तथा सुँगुरको ठूलो संख्या नोक्सानी हुँदा किसानहरूको लगानी डुबेको, पशुस्वास्थ्य र पुनस्र्थापनामा चुनौती थपिएको एसोसियसनका पदाधिकारीले जनाएका छन् ।

एसोसियसनले मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन, रोग नियन्त्रण तथा पशु स्वास्थ्यसम्बन्धी कार्यक्रम संचालन गर्न स्थानीयतहलाई आग्रह गरेको छ । पशुधन गुमाएका किसानलाई तत्काल राहत, दीर्घकालीन पुनस्र्थापना र क्षतिपूर्ति आवश्यक रहेको बताइएको छ ।

बाढी आएपछि गाई सहित सुरक्षितस्थानमा बस्न सफल भएका एक किसान । तस्बिर सौजन्यः चक्रमिलन आचार्यको सामाजिक संजालबाट ।

त्यसैगरी धादिङमा पशुपंक्षीको क्षतिको प्रारम्भिक विवरण अनुसार गाईभैँसी ४७, बाख्रा ७०, बङ्गुरः ८३, कुखुरा ३ हजार ६२६ वटा मरेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

रसुवाको हकमा भने तथ्यांक आउन बाँकी छ ।

प्रतिक्रिया