November 4, 2026
मुख्य समाचार श्रेणीहरू सबै

प्राणीप्रतिको दयाभावले उद्धार भयो २० दिनपछि सेतीः अध्यक्ष लामाले खादा लगाइदिंदै भने,‘आयु बढोस्’

काठमाडौं– गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले बगाएर नदीपारि अलपत्र परेको एक कुकुरलाई २० दिनपछि सकुशल उद्धार गरिएको छ । हेलिकप्टरबाट उद्धार गर्ने प्रयास सम्भव नभएपछि कायाकिङ तथा ¥याफ्टिङ टोलीको साहसिक प्रयासबाट शुक्रबार कुकुरको उद्धार गरिएको हो ।

गत असोज २५ गते बूढीगण्डकीमा आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–१, ठाडो भ¥याङका दयाराम कार्कीको घरमा पालिएका तीनवटा कुकुरमध्ये १ कुकुरलाई बगाएको थियो । बाढीले गर्दा बेपत्ता भएको उक्त कुकुर गत बुधबार चुमनुब्री गाउँपालिका–३, जगत र धार्चे–१ को सीमाक्षेत्रस्थित जगत बगरपारि जंगलमा फेला परेको थियो ।
सेती नामको उक्त कुकुर बूढीगण्डकीको भङ्गालो पारि फसेको थियो । एकातिर अग्लो र अप्ठ्यारो भीर तथा अर्कोतिर उर्लिरहेको बूढीगण्डकी नदीका कारण स्थानीय कुकुरसम्म पुग्न सक्ने अवस्था थिएन । लामो समयसम्म खानेकुरा नपाउँदा कुकुर भोकै थियो ।

घरधनी दयाराम कार्की र स्थानीय युवाहरूले कुकुरलाई खानेकुरा पु¥याउने प्रयास गरे । नदीको बहावका कारण सफल हुन सकेनन् । बिस्कुटसमेत नदी पारि पु¥याउन नसकिएपछि कुकुरको उद्धार चुनौतीपूर्ण बन्यो । सुरुमा हेलिकप्टरको सहायताबाट उद्धार गर्ने प्रयास गरियो ।

त्यसका लागि स्थानीय, पर्यटन व्यवसायी तथा सम्बन्धित निकायले पहल गरे । प्रतिकूल मौसम र उडान अनुमति नपाउँदा सम्भव हुन सकेन ।
त्यसपछि चुमनुब्री गाउँपालिका, मनास्लु संरक्षण क्षेत्र आयोजना, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय गोरखा, एनिमल नेपाल र गोरखा जेसिजलगायतको समन्वय तथा सहयोगमा कायाकिङ र ¥याफिटङ टोली परिचालन गरिए ।
तीन दिनसम्मको निरन्तर प्रयासपछि धादिङको रोयल बिच क्याम्पका राम सिलवाल, अरूण थपलिया सहितको टोलीले उर्लिरहेको बूढीगण्डकी नदी पार गरेर कुकुरको उद्धार गरे । टोलीले कायाकिङको सहायताबाट सेतीलाई सुरक्षित रूपमा नदीवारि ल्याउन सफल भए ।
चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार उद्धारका क्रममा सिमसिम पानी परिरहेको बताउँदै कठिन परिस्थितिमा नदीमा खटिएर कुकुरको ज्यान बचाउने उद्धार टोलीप्रति उनले आभार व्यक्त गरे ।

उद्धारपछि सेतीले २० दिनपछि आफ्ना घरधनी दयाराम कार्कीलाई पनि भेटेको छ । गाउँपालिका अध्यक्ष लामाले उद्धारमा संलग्न टोलीलाई खादा लगाएर सम्मान गर्नुका साथै सेतीलाई पनि खादा लगाइदिएर लामो आयुको कामना गरे ।

एनिमल नेपालले पनि उद्धारप्रति खुसी व्यक्त गर्दै यसलाई साहस, करुणा र सामूहिक प्रयासको उत्कृष्ट उदाहरण भनेको छ । दुई साताभन्दा बढी समय अलपत्र परेको सेती अन्ततः सुरक्षित रूपमा आफ्नो परिवारसँग पुनर्मिलन भएको संस्थाले जनाएको छ । यसैबीच, बाढीपछि बूढीगण्डकी पारिको जंगलमा अलपत्र परेका केही बाख्राको उद्धार भने बाँकी नै छ । ती बाख्राहरू जंगलमा चरिरहेको देखिएकाले

केही दिनपछि उद्धार गरिने गाउँपालिका अध्यक्ष लामाले बताए । किनभने बाख्राले त घाँस खाएर बाँचेको र सुरक्षित रहेकाको, तर सेतीले घाँस खान नसक्ने, माया दुवै प्राणीलाई उतिकै भएको अध्यक्ष लामाको प्रयास र व्यवहारबाट देखिएको संवेदनशीलता आसय झल्किएको थियो ।
केही दिनदेखि चुमनुब्री गाउँपालिकाका अध्यक्ष लामा बूढीगण्डकी पारिरहेका उद्धारको पर्खाईमा रहेको ती अवोध प्राणीहरु बचाउन लागि परेका थिए । उनी शुक्रबार सेतीको उद्धार गरी बचाउन सफल भए ।
सेती लामो समय भोकै रहेकाले तत्काल उद्धारलाई प्राथमिकता दिनुपरेको उनको भनाइ छ । उद्धार गरिएपछि कुकुरलाई घरधनी दयाराम कार्कीको जिम्मा लगाइएको छ ।


स्रोतः सेतोपाटी सहित अन्य सामाजिक संजालबाट आधारित

प्रतिक्रिया