काठमाडौ– प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेट गरेका छन्।
प्रम कार्कीले नवनियुक्त राजदूतलाई बधाइ ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरेकी छिन् । उनले दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पुग्ने आशा व्यक्त गरिन्।
