काठमाडौं– पूर्व प्रम केपी शर्मा ओली र पूर्व गृह मन्त्री रमेश लेखकलाई पक्राउ परेका छन् । पूर्व प्रम ओलीलाई भक्तपुर गुण्डुबाट र लेखकलाई कटुन्जेलबाट शनिबार बिहान पक्राउ गरिएको हो ।

दुवैजनालाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीमा लगिएको र पछि स्वास्थ्य परीक्षण गर्न लगिएको हो । ओलीलाई अस्पतालको एनेक्स वान भवनस्थित विशेष कक्षको ५०१ नम्बर बेडमा राखिएको छ । उनको रगत परीक्षण, भिडियो एक्सरे लगायतका जाँच गरिएको थियो ।
पक्राउपछि प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि ७४ वर्षीय ओलीलाई अस्पताल पु¥याइएको थियो । उनलाई २३ र २४ भदौको जेनजी आन्दोलनमा दोषि देखाउँदै छानबिन आयोगले कारबाही गर्न सिफारिस गरेअनुसार प्रहरीले पक्राउ गरेको हो ।
पूर्व प्रम ओली र गृहमन्त्री लेखकलाई पक्राउपछि अहिले देशभरका सबै प्रहरी एकाइहरुलाई उच्च सतर्कतामा राखिएको केन्द्रिय प्रहरी कार्यालयले जनाएको छ ।
दुईपटक मिर्गौला प्रत्यारोपण गरेका पूर्वप्रम ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । त्यसैगरी पूर्वगृहमन्त्री लेखकको पनि स्वास्थ्य परीक्ष्ँण गरिएको छ ।
उता, एमाले पार्टी कार्यालयमा पदाधिकारी बैठक चलिरहेको छ भने यता एमाले कार्यकर्ताले काठमाडौंको चोकचोकमा पार्टी झण्डा बोकेर आफ्ना पूर्व प्रम तथा एमाले अध्यक्ष ओली पक्राउको विरोध जनाइरहेका छन् ।