काठमाडौं–लगाएका बालीनाली बाँदरले क्षति पु¥याएपछि सरकार समक्ष समाधानको माग गर्दै किसानहरु प्रदर्शनमा उत्रेका छन् ।

खोटाङका किसानहरु सोमबार कृषि औजारसहित प्रदर्शनमा उत्रेका हुन् । खोटाङ जिल्ला सदरमुकाम दिक्तेलमा बाँदर पीडित किसानले दिक्तेलको हुलाकडाँडास्थित जेष्ठ नागरिकको कार्यालयबाट हलो, जुवा, दाँदे, कोदालो, पिक, कोदी सहित प्रदर्शन गरेका छन् ।
किसानहरुले बाँदर आतंकले भोकभोकै बस्नु पर्ने अवस्था आएको जनाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा भनेका छन्, बाँदरका कारण खाद्यान्नबाली, फलफूल, तरकारी लगायतका बाली–नाली नष्ट गर्दा खेतीयोग्य जमिन बाँझै राख्नु पर्ने बाध्यताले कतिपय बसाइँ सुर्नुपर्ने बाध्यता किसानले गुनासो गरेका छन् ।
सरकारले वितरण गर्ने अनुदान, सिँचाइ, कृषि उपकरण जस्ता कृषि क्षेत्रका कार्यक्रमको वास्तविक किसानसम्म कार्यान्वयन गर्न ध्यानाकर्षण गराइएको छ ।
बाँदरका कारण खोटाङ, भोजपुर, उदयपुर, सिन्धुपाल्चोक, काभे्र, दोलखा, रामेछाप, नुवाकोट लगायतका किसान आतंकित छन् ।