काठमाडौं–पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ परेका छन् । उनलाई महाराजगंजस्थित आफ्नै निवासबाट आइतबार बिहान ३ बजे तिर प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी अधिकारीले जनाएका छन् । उनी विरुद्ध परेको उजुरीको विस्तृत विवरण भने खुलेको छैन ।
२०७५ साल पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका राणा विरुद्ध २०७८ साल फागुन १ गते संसदमा महाभियोग प्रस्ताव दर्ता भएको थियो ।
महाभियोग प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए । राणा विरुद्धको प्रस्ताव पारित नभए पनि त्यसपछि उनी सर्वोच्च अदालत गएनन् । उनी निलम्बित अवस्थामै कार्यकाल समाप्त भएको थियो ।
गएको भदौ २४ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले उनीविरुद्धको महाअभियोगको औचित्य समाप्त भएको फैसला सुनाएको थियो । थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया