October 28, 2026
मुख्य समाचार श्रेणीहरू सबै

एकमहिना अघि त्रिशूलीको भीषण बाढीमा अझै ५३ सय बेपत्ता

काठमाडौं–एकमहिना अघि त्रिशूली नदीमा आएको भीषण बाढीपछि ५ हजार भन्दा बढी हराइरहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ५ हजार २८५ जना सम्पर्कविहीन छन् । बाढीमा परेर १ हजार ४५१ जनाको शव भेटिएको र २ जनाको भने उपचारका क्रममा मत्यु भएको छ ।

प्राधिकरणले १३ हजार ७९५ जनाको उद्धार गरेको छ । त्यसमध्ये अस्थायी आस्रयस्थल २१ वटामा नुवाकोटका १८७, रसुवाका ८०५ र धादिङका १२१ जनागरी १ हजार ११३ जना आश्रय लिइरहेका छन् ।
त्यसैगरी २ हजार ६० जनाको रक्त नमूना(डिएनए) संकलन गरिएको छ । बाढीमा परी घाइते भएका ७ जनाको उपचार भैरहेको छ । सुरक्षा निकायमार्फत १० हजार ९८८ जनाले स्वास्थ्य उपचार सेवा लिइसकेका छन् ।

प्रतिक्रिया