May 30, 2026
अर्थ तथा कृषि मुख्य समाचार सबै

पश्चिम खाडीको हर्मुजमा रोकिएको रासायनिक मलले धेरै देशमा भोकमरी सिर्जना गर्ने

काठमाडौं– हर्मुजको गल्छीमा इरानले अवरोध सिर्जना गर्दा रासायनिक मलको आपूर्तिमा समस्या आएको छ । त्यसको असर विश्वको खाद्य आपूर्ति प्रणालीलाई पार्ने देखिएको छ ।


किसानहरूले नाइट्रोजन हाल्ने समयमा रासायनिक मलको अभाव हुँदा मकै, धानको सट्टा भटमास खेती गर्ने योजना बनाएका छन् । किनभने भट्टमासले हावाबाट नाइट्रोजन लिने गर्छ ।
खाद्य सुरक्षामा हर्मुजको अवरोध, युक्रेन युद्ध र अन्य समस्याका कारण भोकमरीको जोखिम बढ्नेछ, जसले राजनीतिक अस्थिरता समेत निम्त्याउन सक्छ ।


‘स्ट्रेट अफ हर्मुज’को साँघुरो गल्छी केवल २१ माइल चौडा छ । संसारको २५ प्रतिशत व्यापारिक तेल यही गल्छीको बाटो हुँदै निस्कन्छ । अहिले सबैको ध्यान त्यहीँ केन्द्रित छ । हर्मुजको गल्छीबाट केवल तेलमात्रै आउने नभई यहाँबाट रासायनिक मलका लागि आवश्यक पदार्थ आउँछ । जसको सम्बन्ध संसारको खाद्य आपूर्ति प्रणालीको आधा हिस्सासँग जोडिएको छ ।
इरानले आफ्नो मुलुकमा अमेरिका–इजरायलले आक्रमण गरेको बदलामा अहिले हर्मुजको गल्छीमा अवरुद्ध गराएको छ । फललस्वरुप रासायनिक मलको आपूर्ति रोकिएको छ । अहिले यो महिना किसानहरुले आफ्नो अन्नबालीमा ‘नाइट्रोजन’ हाल्ने समय हो ।


संसारभर बिक्री वितरण हुने रासायनिक मलमा खाडी देशबाट मात्रै ४९ प्रतिशत युरिया र ३० प्रतिशत एमोनिया आउँछ । त्यही मल प्रयोग गरेर किसानहरु खेतीको नाइट्रोजन चक्र सशक्त बनाएर उत्पादन बढाउँछन् । आपूर्ति चक्र रोकिनासाथ संसारभर माटोको रसायन तथा खेतीको निर्णयमा असर पर्न जान्छ ।


रासायनिक मल समयमा नआए सिजनमा लगाउने मकैको खेती घटाउने अनुमान किसानको छ । उनीहरुले मकैको साटो भटमास लगाउन खोज्दैछन् । भटमासलाई थप नाइट्रोजनको आवश्यकता पर्दैन । यसरी बाली लगाउने निर्णयमा हुने परिवर्तनले बिउ माटोमा पुग्नु अगावै केही बालीको उत्पादन घटाउने पक्का गर्छ । समस्या इरानको हर्मुजमा मात्रै होइन् । यही सूचीमा युक्रेन पनि थपिन्छ । इरानमा आक्रमण सुरु हुनु अघिनै विश्वको खाद्य प्रणाली दबाबमा थियो । अहिले पनि युक्रेन र रुसले विश्वमै गहुँको व्यापारमा एक चौथाइ हिस्सा ओगट्छन् ।

मध्यपश्चिम तथा पूर्वी अफ्रिकाका ४० करोड नागरिक गत ३ वर्ष देखि नै आपूर्तिमा देखिएको समस्या झेलिरहेका थिए । अहिले हर्मुज बन्द हुँदा यस अघि ठिकठाक चलिरहेको प्रणाली रोकिएको मात्र नभई जेनतेन चलिरहेको प्रणाली पनि भत्काइदिएको छ ।


कृषिमा क्षतिको पात्रो हप्ताको हिसाबले चल्छ । अबको ३ देखि ४ हप्तामा अमेरिका, युरोप तथा मध्यपश्चिमका विभिन्न भागमा लगाइएको हिउँदे गहुँका लागि नाइट्रोजन हाल्नुपर्ने समय हुन्छ ।
त्यसैगरी खाद्य सुरक्षाको पात्रो भने महिनाको हिसाबले चल्छ । आयातमा निर्भर धेरै मुलुकले सानोतिनो अवरोधबाट जोगिनका लागि अन्न भण्डारण गरेका हुन्छन्, तर त्यस्तो अन्नको भण्डारले पूरै सिजनभरको अवरोध थेग्न सक्ने हुँदैन । अफ्रिकाका मुलुकहरू अहिले नै भोकमरीको अवस्थामा पुग्न थालेका छन् । युद्ध र अवरोध बढ्दै जाँदा यो समस्या अझै थपिँदै जान्छ ।
भूराजनीतिको पात्रो भने वर्षको आधारमा चल्छ । खाद्यान्नको मूल्यमा ३० देखि ४० प्रतिशत वा त्योभन्दा बढीको मूल्यवृद्धिको सम्बन्ध कमजोर राज्यहरूमा ६ देखि १८ महिनाभित्र राजनीतिक अस्थिरतामा जोडिएको पाइएको छ ।


यस्तो बेला अमेरिकी प्रशासनले के गर्ने हो भन्ने प्रश्न उठेको छ । अमेरिकी ट्रम्प प्रशासनले जसरी भए पनि हर्मुजबाट आवतजावतको सुनिश्चितता गरी युद्धविराम गर्नुपर्छ । रासायनिक मल र खाद्यान्न बोकेका जहाजहरू वारपार गर्न मिल्ने कुरा पूर्वशर्त बनाइनु उपयुक्त देखिएको छ ।


अमेरिकाको अन्तर्राष्ट्रिय विकास वित्त निगमले छुट्ट्याएको २० अर्ब डलरले जहाज आवतजावतमा देखा पर्ने युद्धको असर सम्बोधन गर्छ, तर त्यसले जताततै धराप थापिएको हुनसक्ने जलमार्गबाट गुज्रनुपर्ने जहाजहरूले झेल्नुपर्ने पर्यावरणीय तथा प्रदूषणजन्य दायित्व भने सम्बोधन गर्दैन । खाडी क्षेत्रको पर्यावरणीय जोखिमलाई समेट्ने खालको ‘टेरोरिजम रिस्क इन्स्युरेन्स’ बेगर बीमा क्षेत्र पनि अप्ठ्यारोमा पर्छ । अब बजार खुल्नु अघि नै यो समस्या समाधान हुन आवश्यक छ ।


अमेरिकी संसदले यहीबेला रणनीतिक मल भण्डारहरूको अनुमति दिनेबारे सोच्नुपर्छ । युरिया र एमोनिया ‘क्रिटिकल मिनिरल’को संघीय सूचीमा छैनन् । तिनीहरूका लागि कुनै रणनीतिक भण्डारण छैन । कुनै आपतकालीन प्राधिकारले पनि त्यसलाई समेटेको छैन । अब संसदले त्यसको पनि समाधान गर्नुपर्छ ।

विश्व खाद्य कार्यक्रमले दिने आपतकलीन सहयोग परिचालनमा पनि ढिलाइ हुनुहुँदैन । खाद्य तथा मल आपूर्ति अवरोधलाई झेल्न नसक्ने मुलुकहरूमा मूल्यवृद्धिको असर पुग्नु अगावै विश्व खाद्य कार्यक्रमको सहयोग पुरयाुन पर्छ । अहिले त्यस्ता कार्यक्रमहरू लागु गराउन आवश्यक पर्ने पूर्वाधारहरू भत्किएर भद्रगोल छ । अहिले विश्व खाद्य कार्यक्रम, द्विपक्षीय सम्झौता तथा निजी क्षेत्रका बन्दोबस्तीका सामानमात्रै विकल्पको रूपमा छन् । तिनीहरूले अहिले काम नथाल्दा आगामी दिनमा कस्तो असर पर्छ ।


अझै दुई हप्तासम्म यदि स्ट्रेट अफ हर्मुजबाट रासायनिक मल पार हुन सकेन भने खाद्यान्न संकट आउने छ । त्यसले अस्थिरता जन्माउने छ र खाद्यव्यवस्थापन गर्न कठिनाई हुनेछ । अब कूटनीतिको नभएर कृषिको पात्रोको आधारमा काम गर्ने बेला आइसकेको छ ।
साभारः क्रिस क्रेब्स÷फाइनासियल टाइम्स

प्रतिक्रिया