November 4, 2026
मुख्य समाचार राजनीति

पत्रकार पक्राउपछि प्रेस स्वतन्त्रतामाथि बहस

काठमाडौं–काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएपछि प्रेस स्वतन्त्रतामाथि बहस चर्किएको छ ।


शुक्रबार सादा पोसाकमा खटिएका प्रहरीले पत्रकार विश्वमणि सुवेदी, शोभराज बराल र धीरज बस्नेतलाई नियन्त्रणमा लिएका थिए । घटनाको विरोध भएपछि पक्राउ परेका सबै पत्रकारलाई शुक्रबार राति नै रिहा भए ।

त्यसैबीच, नेपाल पत्रकार महासंघले शनिबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै पत्रकारलाई निर्बाध रूपमा समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण बनाउन माग गरेको छ ।

प्रेस काउन्सिल नेपालले समेत पक्राउको कानुनी आधार सार्वजनिक गर्न र कानुनी प्रक्रिया पालना गर्न सरकारसँग आग्रह गरेको छ ।
घटनाले प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणबारे पुनः प्रश्न उठाएको छ ।

प्रतिक्रिया