काठमाडौ– नेपाल आयल निगमले राति १ बजेबाट लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले मुल्य बढाएको छ ।
निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य बढेको र भारतसँगको मुल्य समायोजन हुन नसकेकाले इन्धनमा मुल्य बृद्धि गर्नु परेको जनाएको छ । भारतसँग इन्धनको मुल्य समायोजन हुन नसक्दा निगमलाई पाक्षिक रुपमा ५ अर्ब ७५ करोड रुपैयाँ घाटा भइरहेको जनाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य भने यथावत राखिएको छ । त्यसैगरी आन्तरिकतर्फको हवाई इन्धनको प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ ।
