काठमाडौं–पर्साको बीरगंजस्थित नारायणी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणमा दोषीलाई सरकारले कारवाही नगरेको भन्दै ६८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।
नेपाल चिकित्सक संघ लगायत स्वास्थ्यकर्मीले बुधबार (भोलि) पनि देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।
संघले सर्वसाधारण पर्न सक्ने असुविधाप्रति क्षमा माग्दै स्वास्थ्यकर्मीहरु विरोधमा उत्रेका हुन् । त्यसको असर संघीय राजधानी काठमाडौंमा विरोध प्रदर्शन र उपत्यकाबाहिर ज्ञापनपत्र बुझाउने तथा धर्ना दिने कार्यक्रम तय गरिएको छ ।
संघले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत घटना भएको चार दिन बितिसक्दा पनि दोषीमाथि कानुनी कारबाही नभएको गुनासो पोखे भने पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अन्याय भएको आरोप लगाएको छ ।
