अर्थ तथा कृषि सबै समाचार

नवौं नुवाकोट महोत्सव सुरु, महोत्सव १७ गतेसम्म संचालन हुने

फोटोःडबलीखबर

नुवाकोट– बुधबारबाट नुवाकोट महोत्सव सुरु भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा नवौं महोत्सव विदुरमा भएको हो ।


महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन् । चीनको नजिक रहेको नुवाकोटमा संभावना भएर पनि अझै धेरै आर्थिक क्षेत्रका पाटोमा गर्नुपर्ने कार्य हुन नसकेको बताउदै महासंघका अध्यक्ष ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगले आर्थिक क्षेत्रमा सुधार गर्दै गरेको बताए ।


महोत्सवको उद्घाटन कार्यक्रममा नुवाकोट जिल्लाको सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रवद्र्धनको निमित्त प्रकाशनमा ल्याएको प्रचारप्रसार सामग्री महासंघका अध्यक्ष ढकालले विमोचन गरेका थिए ।
यही माघ ७ देखि १७ गतेसम्म विदुरमा संचालन हुने महोत्सवमा कृषि तथा घरेलु उत्पादनदेखि अन्तर्राष्ट्रिय ब्राण्डका अटोमोबाइलहरू समेत प्रदर्शनीमा राखिएको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।


महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरूको प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम र सांस्कृतिक झाँकीहरु आकर्षणमा रहेको छ ।
महोत्सवले जिल्लाका १२ वटै स्थानीय तहमा उत्पादित वस्तुहरु, कृषि उपज, हस्तकला सामाग्री, रैथाने खाना तथा सांस्कृतिक भेषभुसाको प्रदर्शन, प्रवद्र्धन र बजारीकरणमा विशेष जोड दिईने जनाइएको छ ।

Exit mobile version