काठमाडौं– कोशी प्रदेशको सुनसरीको साम्प्रदायिक घटनापछि बिहीवार मधेश प्रदेशका सिराहा र धनुषा जिल्लामा पनि देखिएको छ ।
ती जिल्लाका विभिन्न स्थानीय तह र बजारमा कफ्र्यू आदेश जारी छ ।
सिराहको गोलबजारमा गोली लागेर १ जनाको मृत्यु भएको त्यहाँका स्थानीय प्रशासनका पदाधिकारीले जनाएका छन् ।
यससँगै साम्प्रादायिक तनावका क्रममा गोली लागेर मृत्यु हुनेको सङ्ख्या तीन पुगिसकेको छ ।
धनुषा र सिराहामा कफ्र्यू
बिहीवार बिहानै धनुषाको जनकपुरधाममा विभिन्न स्थानमा सडकमा टायर बालेर अवरुद्ध छ ।
प्रदर्शनकारीहरुको प्रदर्शनले बजार, व्यवसाय तथा सवारी आवागमन प्रभावित भएको छ । त्यहाँको परिस्थिति काबु बाहिर गएको जनाउँदै स्थानीय प्रशासनले नेपाली सेना पत्र लेख्दै संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू आदेश लगाइएको छ ।
त्यसैगरी सिराहामा प्रदर्शनको क्रममा सुरक्षा निकायले चलाएको गोलीले लागेर एक किशोरको ज्यान गएपछि स्थानीय प्रशासनले कफ्र्यू लगाएको छ ।
अतिआवश्यक सेवा बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै स्थानीयवासीलाई आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न निषेध गरिएको छ ।
बारा र पर्सा
यी दुई जिल्लामा पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरिएको त्यहााका स्थानीय प्रशासनले जनाएका छन् । जिल्ला सुरक्षा समिति पर्साको निर्णय बमोजिम साउन १४ गते बिहीवार साँझ ५ः०० बजेदेखि शुक्रवार साउन १५ गते बिहान ६ः०० बजेसम्म निषेधाज्ञा लागू गरेको जनाएको छ ।
सामूहिक सद्भाव कायम गरी एकअर्कामा मिलेर बस्न राजा,राष्ट्रपति, प्रधानमन्त्रीले नेपाली र मैथली भाषामा, विपक्ष्ँी सहित अधिकांश पार्टीले संयमता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया