October 28, 2026
मुख्य समाचार सबै

दशैंभरिको मौसम

काठमाडौं– यो वर्षको दशैंअवधिको मौसम मुख्यतः सफा रहने देखिएको बताइएको छ । तर, हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा भने बादल लाग्ने, हल्का वर्षा हुने र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


नेपालबाट मनसुन बाहिरिन लागेपनि पश्चिमी वायुको आंशिक प्रभावका कारण दशैंका केही दिन हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली हुन सक्ने छ ।
महाशाखाले जारी गरेको दसैँ विशेष मौसम बुलेटिनअनुसार फूलपातीदेखि दसैँको टीकासम्म देशका विभिन्न भूभागमा मौसमको अवस्था फरक रहनेछ । तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहने पूर्वानुमान छ ।

फूलपाती ः फूलपातीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लाग्ने र आंशिक बदली रहेनछ ।

अष्टमी ः अष्टमीका दिन देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ ।

नवमी ः यो दिन पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका बाँकी भूभागमा मौसम मुख्यतः सफा रहने छ ।

दसैँको टीका ः दसैँको टीकाका दिन पनि हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ । देशका बाँकी भूभागमा मौसम मुख्यतः सफा रहनेछ ।

प्रतिक्रिया