मुख्य समाचार सबै

दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा दुई शक्तिशाली भूकम्पले ३२ भन्दा बढीको मृत्यु, ७ सय भन्दाबढी घाइते

काठमाडौं–दक्षिण अमेरिकीमा रहेको भेनेजुयलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्प जाँदा ३२ जनाको मृत्यु भएको सयौं घाइते भएका छन् ।

त्यहाँ ३२ जनाको मृत्यु र ७ सय भन्दा बढी घाइते भएको बताइएको छ । भेनेजुयलामा साझ ६ बजे पहिलो ७ दशमलव २ र दोस्रो ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प मापन भएको अमेरिकी भौगर्भिक सर्वेक्ष्ँण निकायले जनाएको छ । उक्त भूकम्प राजधानी कराकसको पश्चिमी क्षेत्रमा आएको बताइएको छ ।

त्यहाँका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले संकटकाल घोषणा गर्दै ला गुआइरा क्षेत्रलाई विपद् प्रभावित क्षेत्रका रूपमा वर्णन गर्दै जीवन रक्षाको लागि खोज तथा उद्धारबाट स्थानीयलाई बचाउन सबै लाग्न आव्हान गरेकी छिन् । सरकारले प्रभावित क्षेत्रमा राहत तथा उपचार सेवालाई तीव्र बनाएको छ ।

भूकम्पबाट क्षतिको विवरण संकलन गर्ने कार्य पनि जारी रहेको जनाइएको छ । भूकम्पका कारण १० हजार भेनेजुयालीको ज्यान गएको हुन सक्ने आशंका छ भने सयौ सरकारी भवन तथा घरहरु ध्वस्त भएका छन् । भग्नावशेषमा फसेका स्थानीयको उद्धार गर्न सुरक्षाकर्मी र आपतकालीन टोली निरन्तर लागि परेका छन् ।

Exit mobile version