काठमाडौं– कोशी प्रदेशको सुनसरी देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको विवादले झडपको रुप लिएपछि भएको घटनामा एक जनाको ज्यान गएपछि अशान्त बनेको छ ।
झडपमा परेर आइतबार राति सुरक्षाकर्मीले चलाएको गोली लागेर सोही ठाउँका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि उक्त क्षेत्र झनै शान्त बनेको हो ।
झण्डा नहटाएको र चर्को आवाजमा डीजे बजाएको विषयलाई लिएर दुई समूहबीच झडप भएको थियो ।
यता गृहमन्त्रालयले सुरक्षाकर्मीको परिचालनको व्यवस्था समेत मिलाइएको बताइएको छ । आइतबार साँझबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको संयुक्त रुपमा परिचालन गरिपनि नियन्त्रणमा आउन सकेको छैन । स्थानीयका अनुसार अझै पनि आगजनीका घटना भैरहेको र सुुरक्षा मागिरहेको भिडियो आइरहेका छन् ।
झडपको कारण
प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डीजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो । सोही विवादले चर्को रुपमा गएको छ ।
उक्त घटनाको विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको र पीडितलाई उपचारको साथै दोषीमाथि कारवाही गर्ने गरिने जनाएको छ ।

प्रतिक्रिया