मुख्य समाचार शिक्षा, स्वास्थ्य तथा खेलकुद

जनकपुर बोल्ट्ससँग काठमाडौं गोर्खाज ८ विकेटले पराजित, अब विराटनगर किंग्सस र कर्णाली याक्स बीच खेल हुने

काठमाडौ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको छ ।


कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ दशमलव २ ओभरमा २ विकेट गुमाएर पूरा गरेको छ ।

जनकपुरको जितमा मोइन अलीले सर्वाधिक ५८ रन बनाए । उनले ५१ बलमा ५८ रन बनाएर टोलीलाई जित दिलाए । सैफ हसन ४० रनमा सिमित रहे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९ दशमलव ३ ओभरमा ११५ रनमा समेटिएको थियो । काठमाडौंका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए भने राशिद खानले १७ रनको योगदान दिए ।

जनकपुरका राहुल यादवले ४ विकेट लिए । सैफ हसनले २ विकेट लिए भने मोइन अली र हरमित सिंहले पनि २–२ विकेट लिए । जनकपुरले एनपीएलको लिग चरणमा महत्वपूर्ण अंक जोडेको छ ।

वर्षा हुन लागेर मैदान कभर, साँझ विराटनगर किंग्सस र कर्णाली याक्स बीच हुने
वर्षा हुन थालेसँगै अहिले मैदानमा त्रिपालले कभर गरेर राखिएको छ । आजै साँझ विराटनगर किंग्स र कर्णाली याक्सबीच अर्को खेल हुने कार्यतालिका छ ।
उक्त खेलअघि काठमाडौंको आकाश बादलले धुम्मिएको छ भने मैदानमा अँध्यारो हुन थालेपछि फ्लडलाइट पनि बालिएको छ ।

Exit mobile version