October 28, 2026
मुख्य समाचार श्रेणीहरू सबै

चीनको स्वाशासित क्ष्ँेत्रमा तिव्बतमा शक्तिशाली भुकम्पबाट १६ को मृत्यु

चीनको स्वशासित क्षेत्र तिव्वतको नाग्कुमा गएको शक्तिशाली भूकम्पपछि उद्धारकर्मीहरू क्षतिग्रस्त क्षेत्रमा खोज तथा उद्धार गर्दै । तस्बिरः सिन्ह्वा÷एपी

काठमाडौं– चीनको तिब्बत क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्प जाँदा १६ जनाको मृत्यु भएको भने ६५ जना भन्दा बढी घाइते भएका छन् । चीनको तिब्बत स्वायत्त क्षेत्रको नाग्कुमा गएराति शक्तिशाली भूकम्प गएको हो ।


चीनको भूकम्प सञ्जाल केन्द्रका अनुसार भूकम्प नाग्कु क्षेत्रमा स्थानीय समयअनुसार राति १०ः३३ बजे गएको हो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो ।
भूकम्पका कारण ३३९ घरमा क्षति पुगेको छ । त्यसैगरी २० वटा पशु गोठमा क्षति भएको स्थानीय सरकारी अधिकारीहरूले जनाएका छन् ।
प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि ठूलो संख्यामा सुरक्षाकर्मी टोली परिचालन गरिएको छ ।


भूकम्पपछि परकम्पहरू समेत गइरहेका छन् । चीनको भूकम्प सञ्जाल केन्द्रका अनुसार सयौँ परकम्प रेकर्ड भएका छन् । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।

उद्धारकर्मीहरूले भत्किएका संरचनामा खोजी गरिरहेका छन् । स्थानीय सरकारी अधिकारीहरूले हजारौँ स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । उद्धार तथा राहतका लागि टेन्ट, अस्थायी आवास, न्यानो कपडा र अन्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ ।
उच्च हिमाली क्षेत्रमा भूकम्प गएकाले चिसो मौसम र सम्भावित हिमपातले उद्धार तथा राहत कार्यमा थप चुनौती सिर्जना गर्न सक्ने सरकारी अधिकारीहरूले जनाएका छन् ।
यो भूकम्प सन् २०२४ को जनवरीपछि चीनमा गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताइएको छ ।

चीनको स्वशासित क्षेत्र तिव्वतको नाग्कुमा गएको शक्तिशाली भूकम्पपछि उद्धारकर्मीहरू क्षतिग्रस्त क्षेत्रमा खोज तथा उद्धार गर्दै । तस्बिरः सिन्ह्वा÷एपी

प्रतिक्रिया