काठमाडौं–पचास वर्षभन्दा लामो समयपछि चन्द्रमाको परिक्रमा गर्न अमेरिकी अन्तरिक्ष संस्था नासाको मानवसहितको यान ’आर्टिमिस २’ प्रक्षेपण गरिएको छ ।अमेरिकाको लोरिडास्थित केप कनाभ्रलस्थित रहेको केनडी स्पेस सेन्टरबाट उडेको यो अन्तरिक्षयानले अहिले पृथ्वीको फन्को मारिरहेको छ ।
यसमा सवार सदस्यहरूले सबै जाँच नसक्दासम्म पहिलो २४ घण्टा यसले पृथ्वीलाई फन्को लगाइरहने छ । त्यसमा सबै ठिकठाक देखिए उक्त यानलाई चन्द्रमातर्फ अगाडि बढ्न अनुमति दिइने अधिकारीहरूले बताएका छन ।
यो अन्तरिक्ष अभियानमा ३ जना अमेरिकी अन्तरिक्षयात्री रिड वाइज्मन, क्रिस्टिना कोच र भिक्टर ग्लोभर तथा एक क्यानडेली अन्तरिक्षयात्री जेनमी ह्यान्सन संलग्न छन् ।
प्रक्षेपणको केही समयपछि रिड वाइज्मनले गजबको चन्द्रोदय देखेको बताए । कुल १० दिन यो यानमा बिताउने अन्तरिक्षयात्रीहरूले चन्द्रमामा पाइला नटेक्ने तर चन्द्रमाको फन्को मार्ने योजना बनाएका छन् ।
सन् १९६० र ७० को दशकमा प्रसिद्ध एपोलो मिशनहरूमा मानिसले चन्द्रमामा पाइला टेकेका थिए ।
आर्टिमिस २ का चालकदलले भविष्यमा चन्द्रमामा अवतरणको निम्ति ओरिअन अन्तरिक्षयानको सञ्चालन र त्यसलाई व्यवस्थित गर्ने अभ्यास गर्ने छन् ।
अन्तरिक्षमा यसको सबैभन्दा गहिराइको बिन्दुमा यो चन्द्रमाको बाहिरी भागभन्दा लगभग ४६ सय माइल टाढा हुने छ । उनीहरू यसअघि मानिसहरू पुगेको भन्दा पनि टाढाको दूरीसम्म यात्रा गरेर फर्कने योजना छ।
मिशनका विशेषज्ञ क्रिस्टिना कोचले अन्तरिक्षयात्रीहरूले तीन घण्टासम्म चन्द्रमाको सतहको यसअघि भएका भन्दा विस्तृतमा अध्ययन गर्ने बताइएको छ ।
साभारः बीबीसी
प्रतिक्रिया