May 30, 2026
सबै समाचार

के मध्यपश्चिमको युद्ध २१ दिनभित्र रोकिएला

काठमाडौँ—दुईदेखि तीन साताभित्र अमेरिकाले इरान छाड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएसँगै युद्ध रोकिएला कि भन्ने आस पलाएको छ ।

तर राष्ट्रपति ट्रम्पको स्पष्ट अडान कायम रह्यो भने अमेरिका–इजरायल र ईरान बीचको युद्ध रोकिने विज्ञहरुको जनाएका छन् ।
त्यसका लागि इरानी शासनले वर्षौँसम्म परमाणु हतियार नबनाउने कुरामा अमेरिका विश्वस्त हुनुपर्ने बताइएको छ ।


राष्ट्रपति डोनाल्ड ट्रम्पले ओभल अफिसमा बोल्दै भने, ‘इरान सम्झौता गर्न भिख मागिरहेको छ, तर त्यो हुन्छ कि हुँदैन भन्ने कुरा अमेरिकाको समयतालिकाका लागि अप्रासंगिक छ ।’
यसअघि, इरानी राष्ट्रपति मसुद पेजेशकियनले तेहरानसँग युद्ध अन्त्य गर्ने ‘आवश्यक इच्छाशक्ति’ रहेको तर शत्रुहरूले फेरि आक्रमण नगर्ने ग्यारेन्टी चाहिने बताए ।


हर्मुज क्षेत्रमा बेलायतलगायतका देशहरूको सैन्य सहयोग नपाएपछि आक्रोशित ट्रम्पले ‘आफ्नो तेल आफैं लैजाऊ’ भन्दै अमेरिका त्यहाँ कसैलाई पनि सहयोग गर्न उपलब्ध नहुने बताएका थिए ।
साभारः बीबीसी

प्रतिक्रिया