काठमाडौं–नेपाली कांग्रेसले १५ औं महाधिवेशनबाट निर्वाचित भएर आएका पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको शपथग्रहण गर्नुका साथै वरीयता समेत तोकिएको छ ।
वरीयताको पहिलो नम्बरमा सभापति गगनकुमार थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा भने उपसभापतिमा क्रमशः पुष्पा भुसाल, चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरीको वरीयता तोकिएको छ ।

त्यसैगरी महामन्त्रीमा क्रमशः प्रदीप पौडेल, डिला संग्रौला पन्त र उदय शमशेर राणा रहेका छन् । त्यसैगरी सहमहामन्त्री ११ जनाको वरीयतामा बहादुरसिंह लामा तामाङ, योगेन्द्र चौधरी, प्रकाश रसाइली स्नेही, जीवनबहादुर शाही, अजयकुमार चौरसिया, आंगेलु शेर्पा, रामहरि खतिवडा, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, मनोजमणि आचार्य, मो. फिर्तोष आलमको वरीयता तोकिएको छ ।
सभापति थापाले ४ जना सहमहामन्त्री, एक जना कोषाध्यक्ष र ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । कांग्रेस केन्द्रीय कार्यसमितिमा २९७ सदस्य रहनेछन् ।
छठपछि केन्द्रीय समितिको बैठक बस्ने कांग्रेसले जनाएको छ । पदाधिकारी र सबै केन्द्रीय सदस्यहरुले अब कार्ययोजना र क्यालेण्डरअनुसार काम गर्नुपर्ने बताइएको छ ।
१५ औं महाधिवेशनबाट आएको कार्यसमितिलाई निर्वाचन आयोगमा अध्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाललाई दिइएको कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया