July 28, 2026
मुख्य समाचार शिक्षा, स्वास्थ्य तथा खेलकुद सबै

कक्षा १२ मा ६४ दशमलव १३ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

यसपटक केही सुधार देखिएको शिक्षा क्षेत्रमा लागेका विज्ञहरुले जनाएका छन् ।
बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा ६४ दशमलव १३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

गत वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थी ग्रेडिङ (उत्तीर्ण) भएका थिए । २०८० को तुलनामा गत वर्ष पनि विद्यार्थी उत्तीर्ण दरमा सुधार सहित त्यो बेला कक्षा १२ को परीक्षामा ५२ दशमलव १५ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए ।
यो वर्ष नियमिततर्फ ३ लाख ३२ हजार २ सय ४१ जना विद्यार्थीले नियमिततर्फ परीक्षा दिएका थिए । त्यसमध्ये २ लाख ३१ हजार ७ सय ७० जनाले ग्रेड(उत्तीर्ण) भएकामा १ लाख ४ सय ७१ जना विद्यार्थी भने ग्रेड प्राप्त गर्न नसकेर अनुत्तीर्ण भए ।

आगामी साउन २ र ३ गते १ लाख ४ सय ७१ जना विद्यार्थी जो नियमिततर्फका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ ।
सैद्धान्तिकतर्फ अन्य सबै विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा एनजी प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थिति रहेका परीक्षार्थीहरूले पूरक (मौका) परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।

यही असार १९ गतेसम्म ८ सय शुल्क तिरेर ग्रेडवृद्धि परीक्षाका लागि आवेदन दिन सकिनेछ । उत्तीर्ण भएपनि नतिजामा चित्त नबुझे १ हजार शुल्क तिरेर पुनर्योग गर्न पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया