May 30, 2026
मुख्य समाचार सबै

एसइईमा ५ लाख परीक्षार्थी सहभागी हुँदै, १ महिनामा रिजल्ट

काठमाडौं–माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलि बिहिबारदेखि सुरु हुँदैछ । यसपालि एसइई परीक्षाका लागि ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी परीक्षामा सहभागी हुने भएछन् । त्यसका लागि कुल १९ सय ६६ वटा परीक्षा केन्द्र तोकिएको छ ।


परीक्षा चैत २९ गते आइतबारसम्म संचालन हुने छ ।

सरकारले यो पटक परीक्षा सकिएको ३ दिनभित्रै विद्यार्थीका उत्तरपुस्तिका परीक्षण गर्ने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यसपालि उत्तरपुस्तिका ३ दिनभित्रै परीक्षण गर्ने र १ महिनाभित्रै परीक्षाफल निकाल्ने तयारी रहेको जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा सकिएको ३ दिनभित्रै परीक्षण र एक महिनाभित्र परीक्ष्ाँफल निकाल्ने गरी कार्यतालिका बनाएर सबैमा तयारी थालेको छ ।
विगतका वर्षमा उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइको समन्वयमा संकलन गरी जिल्ला तथा प्रदेशमा परीक्षण गर्ने गर्दा परीक्षाफल प्रकाशनमा ढिलाइ भइरहेको थियो ।
एसइई परीक्षाको उत्तरपुस्तिका छिटो परीक्षण गरी परीक्षाफल प्रकाशन गरी राष्ट्रिय परीक्षा बोर्डको तयारी छ ।

परीक्षण गरेका उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले प्राप्ताङ्क बोर्डमा पठाउनेछ । बोर्डले इन्ट्री तथा रूजु गरी परीक्षाफल प्रकाशित गर्नेछ । बोर्डले वैशाख मसान्तसम्म परीक्षाफल प्रकाशित गर्ने तयारी छ ।

प्रतिक्रिया