May 30, 2026
अर्थ तथा कृषि समाचार

इन्धनमा चैतमै बढ्यो ४५ रुपैयाँ, विहिबार साँझ १५ ले बृद्धि

काठमाडौं—मध्यपश्चिम खाडीमा जारी युद्धका कारण ईन्धनको मुल्यबृद्धि भइरहेको छ ।

नेपाल आयल निगमले विहिबार साँझ विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५ रुपैयाँको दरले बढाएको हो । अब काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर पेट्रोलको मूल्य २ सय २ रुपैयाँ पुगेको छ भने त्यसैगरी डिजेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ ।


चैत १ र १२ गते निगमले १५,१५ रूपैयाँका दरले पेट्रोल,डिजेल र मट्टितेलको मूल्य बढाएको थिया ।
निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनु परेको निगमले जनाएको छ ।

प्रतिक्रिया