काठमाडौं– इण्डियामा कक्रोच जनता पार्टी (सीजेपी) ले जन्तर–मन्तरमा गरिरहेको आन्दोलन चर्र्किएको छ । आन्दोलन देशव्यापी रुप लिएको छ । आन्दोलनरत् पक्षलाई बार्तामार्फत् टुग्यांउन त्यहाँको सरकारले राखेको प्रस्ताव अस्वीकार गरेको छ ।
इण्डियाको विहार प्रान्तको राजधानी पटनामा बुधबार अल इन्डिया स्टुडेन्ट्स एसोसिएसनले आव्हान गरेको प्रदर्शन उग्र हुँदै गइरहेको छ ।
पटनाको गान्धी मैदानस्थित गेट नम्बर १० बाट सुरू गरेको र्याली जेपी गोलम्बरमा प्रहरीले रोकेको थियो ।
प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेका थिए । त्यहाँका संचारमाध्यमहरुले जनाए अनुसार प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीका तर्फबाट पनि ढुंगामुढा प्रहार भएको थियो । प्रदर्शनरत् विद्यार्थीहरूले गोदी मिडिया गो ब्याक जस्ता नारा लगाएका थिए ।
इण्डियामा सुरक्षाका कारण राजधानी दिल्लीका १६ मेट्रोस्टेशन बन्द
सुरक्षाको कारण देखाउँदै दिल्ली सरकारले राजधानीका १६ वटा मेट्रोस्टेशन बन्द गरिएको छ भने इन्टरनेट समेत बन्द गरिएको बताइएको छ । कक्रोच जनता पार्टीको आन्दोलन बुधबारसम्ममा ३३ औँ दिनमा प्रवेश गरेको बताइएको छ ।
संसद् मार्च थालेका प्रदर्शनकारीले हिंसापछि दिल्ली प्रहरीले विभिन्न प्रहरी कार्यालयमा १० वटा एफआईआर (मुदा) दर्ता गरेको छ । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको, ढुंगामुढा गरेको, सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको तथा सरकारी काममा अवरोध पुर्याएको आरोप लगाई मुदा दर्ता गराइएको छ ।
इण्डिया केन्द्रिय सरकारका दुई मन्त्रीले मंगलबार राति गुरुग्रामस्थित मेदान्ता अस्पतालमा सामाजिक अभियन्ता सोनम वाङ्चुकसँग भेट गरेका छन् । वाङ्चुक जुन २८ देखि अनशनमा छन् । दिल्ली उच्च अदालतको निर्देशनपछि वाङ्चुकलाई उपचारका लागि मंगलबार सफदरजंग अस्पतालबाट मेदान्तामा सारिएको त्यहाँका संचारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया