May 31, 2026
सबै समाचार

इजरायल तेलअभिवमा अचानक ठूलो संख्यामा कागका समूह देखिएपछि अरिष्ठको संकेत

तस्बिरः सामाजिक संजाल

काठमाडौं– इजरायलको तेलअभिवको आकासमा बुधबार बिहान अचानक ठूलो संख्यामा कागका समूह देखिएपछि उक्त क्षेत्रमा अरिष्ठको संकेतको रुपमा लिएको छ ।


कागको समूह देखिएपछि त्यहाँका स्थानीयवासीले आगामी दिनमा के हुन लागेको हो भनेर विभिन्न अड्कलबाजी गर्न थालिको छ । त्यहाँका अधिकांश वासिन्दाले यसरी कागको समूह देखिनुले आगामी अशुभ घटना वा सम्भावित संकटको संकेतका रूपमा व्याख्या गरिरहेका छन् ।

त्यहाँका परम्परागत जनविश्वास अनुसार इजरायलका केही समुदायमा यसरी अचानक कागहरुको ठूलो समूह देखिनुलाई ठूलो आपत् वा युद्धअघि देखिने संकेत रुपमा लिएका छन् । तर, वैज्ञानिकहरुले यस्ता तर्क र दाबीलाई पूर्णरूपमा खारेज गरेका छन् ।

पंक्षी विज्ञहरुका अनुसार यो दृश्य कुनै असामान्य घटना होइन । गत मार्च महिनामा प्रत्येक वर्ष ठूलो संख्यामा पंक्षीहरू बसाइँसराइ गर्ने क्रममा इजरायल हुँदै आवतजावत गर्ने गरेको दावी गर्छन् । अनुमान अनुसार वार्षिक रूपमा ५० करोडभन्दा बढी पक्षीहरु यो मार्ग प्रयोग गर्छन् । विशेषज्ञहरुले जनाए अनुसार हुडेड प्रजातिका कागहरु तेल अभिभ जस्ता शहरहरुमा सामान्य रुपमा पाइने गरेको छ । प्रायः यी कागहरु ठूलो समूहमा उड्ने गर्छन् ।

प्रतिक्रिया