मुख्य समाचार सबै

आधिकारिकरुपमा फुट्यो नेपाली कांग्रेस

निर्वाचन आयोगले दियो कांग्रेस मान्यता गगन थापालाई, आयोगको निर्णय हामी मान्दैनौः खड्का

काठमाडौ– निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि विधिवत् रुपमा पार्टी फुटेको छ ।


निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले थापालाई नेका सभापतिको मान्यता दिएको हो ।
नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएसंगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दावी गर्दै निर्वाचन आयोग पुगेका थिए । आयोगले सबै कागजपत्र अध्ययन गरेर थापा नेतृत्वको समितिलाई आधिकारिकता दिएको हो ।


कांग्रेसको विशेष महाधिवेशन काठमाडौं भृकुटीमण्डपमा यही पुस २७ देखि ३० गतेसम्म भएको थियो । आयोगले थापाले नेतृत्व गरेको कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि चुनाव चिन्ह रुख र चारतारे झण्डा शेरबहादुर देउवा नेतृत्वबाट गुमेको बताइएको छ । उता देउवा पक्षले आफू नै आधिकारिक भएको जिकिरसहित आयोगमा कागजपत्र बुझाएको थियो ।

आयोगको निर्णय हामी मान्दैनौंः खड्का
निर्वाचन आयोगले गगनकुमार थापा पक्षलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षीय नेताहरु आयोग पुगेर आधिकारिकता पुष्ट्याई गरेका थिए । कांग्रेसको आधिकारिकता थापा पक्षलाई दिएपछि देउवा पक्ष्ँका कार्यवाहक सभापति रहेका पूर्णबहादुर खड्काले आयोगको निर्णय षड्यन्त्रपूर्ण भएको भन्दै उनले भने, ‘आयोगको निर्णय मान्दैनौ ।’ उनले सबै किसिमको वैधानिक लडाइ लड्ने जनाए ।

Exit mobile version