काठमाडौं–पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका ५ गलौँदी नजिक सडक भासिएर अवरोधपछि यातायात बन्द गरिएको छ ।
गजुरीस्थित गलौँदीमा त्रिशुली नदीले सडक कटानले भासिएपछि सडक सञ्चालनमा समस्या आएको हो ।
सडक कटानमा परेपछि जोखिम बढेकाले अर्को सूचना जारी नभएसम्म पृथ्वीराजमार्गमा संचालित सबै सवारीसाधनहरुलाई आवतजावतमा पूर्णरूपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको सूचनामा भनेको छ ।
स्थानीय प्रशासनलेद्वारा जारी सूचना भनिएको छ,शुक्रबार बेलुका सवा छबजेदेखि लागू हुने गरी सवारी आवागमन बन्द गरिएको जनाएको छ ।
स्थानीय प्रशासनले यात्रु तथा सवारी प्रयोगकर्तालाई वैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ ।
प्रतिक्रिया