October 28, 2026
अर्थ तथा कृषि मुख्य समाचार सबै

आपत्कालीन अवतरणपछि फ्लाई दुबईका १७४ जना सकुसल, पाइलट स्मित मच्छारको प्रसंशा

काठमाडौं–फ्लाई दुबईको दुबई–तेल अभिव उडान नम्बर एफजेड–१०७३ मा बुधबार भएको असाधारण घटनापछि भारतीय पाइलट क्याप्टेन स्मित मच्छार चर्चामा छन् ।
बोइङ ७३७ म्याक्स ८ विमानमा १७४ जना सवार रहेको उडानका क्रममा ककपिटमा २ पाइलटबीच भएको गम्भीर झडपपछि विमान केही समयमै १४ हजार फिट तल झर्यो ।
त्यसपछि विमानलाई साउदी अरबको तबुक विमानस्थलमा आपत्कालीन अवतरण गराइएयो । विमानमा रहेका सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रहेको फ्लाई दुबईले जनाएको छ ।

यो घटनाको केन्द्रमा थिए रहे – भारतीय क्याप्टेन स्मित मच्छार । विमानमा सवार यात्रुहरुको ज्यान जोगाउन उनले आफ्नो ज्यान जोखिममा राखेर गरेको बहादुरीको कामको गरे । जुन अहिले चर्चा भइरहेको छ ।
टाइम्स अफ इण्डियाका अनुसार स्मित मच्छार भारत महाराष्ट्र राज्यको मुम्बईस्थित घाटकोपरका एक अनुभवी व्यावसायिक पाइलट हुन् । उनी मुम्बईमा लामो समय विमान उडानमा सक्रिय थिए । उनी सन् २०११ मा स्पाइसजेटमा प्रवेश गरेका थिए र करिब ११ वर्ष त्यहाँ काम गरेका थिए । त्यस अवधिमा उनी सिनियर क्याप्टेनको पदसम्म पुगेका थिए ।
सन् २०२० नोभेम्बरदेखि उनी लाइन ट्रेनिङ क्याप्टेनको भूमिकामा समेत थिए । सन् २०२२ जुनमा उनी फ्लाई दुबईमा डाइरेक्ट इन्ट्री क्याप्टेनका रूपमा जोडिएका थिए ।
उनको सार्वजनिक लिङ्क्डइन प्रोफाइलमा बोइङ ७३७–८०० तथा ७३७ म्याक्सका विमानमा करिब ९ हजार ७५० घण्टाको उडान अनुभव उल्लेख छ । त्यसमध्ये स्पाइसजेटमा मात्रै ६ हजार ४०० घण्टाभन्दा बढी पाइलट–इन–कमाण्डका रूपमा उडान गरेको विवरण सार्वजनिक भएको छ ।

विमानभित्र के भयो
फ्लाई दुबईको एफजेड–१०७३ जहाज दुबईबाट तेल अभिभतर्फ गइरहेको थियो । उक्त विमानमा १७४ जना थिए । उडानका क्रममा ककपिटमा रहेका क्याप्टेन मच्छार र उनका सहपाइलटबीच गम्भीर झडप भएको थियो । उपलब्ध प्रारम्भिक रिपोर्टअनुसार सहपाइलटले मच्छारमाथि धारिलो हतियारले आक्रमण गरेका थिए । घटनाको क्रममा विमानको उचाइ तीव्र गतिमा घटेको थियो । विमान १४ हजार फिट तल झरेको थियो । केही समयपछि विमानले आपत्कालीन संकेत प्रसारण गरेको थियो । उक्त विमानमा भएको घटनाको आक्रमणको उद्देश्य र ककपिटमा भएको सम्पूर्ण गतिविधिबारे अनुसन्धान जारी छ । फलाई दुबईले पनि घटनाको कारण र उद्देश्यबारे अहिले नै निष्कर्ष दिन नहुने बताएको छ । घटनामा मच्छारले गम्भीर रूपमा घाइते अवस्थामा गरेको प्रयास उलेख्य छ । आक्रमणबाट घाइते भएपछि पनि मच्छारले ककपिटको ढोका खोल्न सफल भएका थिए । त्यसपछि यात्रु र चालक दलका सदस्यहरू ककपिटभित्र प्रवेश गर्न सके र आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरे । विमानमै रहेका फ्लाई दुबईका अन्य पाइलटहरूले त्यसपछि ककपिटको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि सो विमानलाई इजरायलको तेलअविव नपुग्दै साउदी अरबको तबुकतर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराइएको थियो ।


यस घटनामा मच्छारको भूमिकालाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनको साहस र व्यावसायिक प्रतिक्रियाको चर्चा गरेका छन् । विमान सुरक्षित अवतरण गराउने काममा यात्रु, चालक दल र विमानमै रहेका अन्य पाइलटहरूको समेत भूमिका रहेको बताइएको छ ।

आपत्कालीन अवतरणपछि मच्छारलाई तबुकस्थित अस्पतालमा शल्यक्रिया गरिएको र अवस्था स्थिर रहेको छ । फ्लाई दुबई र भारतीय अधिकारीहरू उनको परिवारसँग सम्पर्कमा रहेको बताइएको छ ।

घटनामा संलग्न सहपाइलटलाई पक्राउ गरिएको र घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ । सहपाइलट ओमानी नागरिक भएको विवरण बताइए पनि पूर्ण विवरण र उद्देश्यबारे आधिकारिक अनुसन्धानको जारी रहेकाले निष्कर्ष आउन बाँकी छ ।
विमानमा भएको उक्त घटनापछि इण्डियन पाइलटको प्रधानमन्त्री मोदी, अमेरिकाका राष्ट्रपति ट्रम्प र इजरायलका प्रम नेतन्याहूले प्रशंसा गरेका छन् ।
स्रोतः एजेन्सीको सहयोगमा

प्रतिक्रिया