काठमाडौं–रसुवा भोटेकोसी–त्रिशूलीमा गत भदौ १० मा आएको बाढीले त्रिशूली करिडोरभित्रका दर्जन जलविद्युत आयोजनामा क्षति पु¥याउँ डेढ खर्ब रुपैयाँ जोखिममा परेको छ ।

रसुवा भोटेकोसी–त्रिशूली कारण विभिन्न १२ जलविद्युत् आयोजनामा क्षति पुगेपछि विश्व बैंक, अन्तराष्ट्रिय वित्त निगम कोष, बैंक अफ चाइना, कोरिया विकास बैंकलगायत अन्तर्राष्ट्रिय लगानी र नेपाल पूर्वाधार विकास बैंक, विभिन्न बाणिज्य बैंकहरू र कर्मचारी सञ्चय कोषको लगानीलाई जोखिममा परेको हो ।
बाढीले ६ जलविद्युत् आयोजना पुर्णरुपमा ६ वटामा गम्भीर क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था(इपान)ले जनाए अनुसार ७८३ मेगावाट उत्पादन क्षमताका जलविद्युत आयोजनामा असर परेको जनाएको छ ।
क्षति पुगेका जलविद्युत आयोजनामा हाकुमा रहेको २१६ मेगावाटको माथिल्लो त्रिशुली– १ जुन ८७ अर्ब रुपैयाँ लागतमा निर्माणाधीन छ ।
बाढीले त्रिशूलीको २०२३ सालमा इण्डिया सरकारको सहयोगमा बनेको २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत केन्द्र र २०४३ सालमा १५ मेगावाटको देवीघाट जलविद्युत केन्द्रमा बाढीले गरेको क्षति भएको छ । त्यसैगरी २५ मेगावाटको नुवाकोट सौर्य उर्जामा क्षति भएको छ ।
२०५६ सालपछि निर्माण भएका जलविद्युत आयोजनाका सबै संरचना जमिन मुनि बनाए भएपनि पनि बाँध (हेडवक्र्स) खोलामै हुने भएकाले खोला कसरी थुनेर बाँध निर्माण गर्दा आयोजना सुरक्षित हुनेबारे अब सोचेर संरचना बनाउन उर्जा विज्ञले जोड दिएका छन् । विद्युत गृह निर्माण गर्दा १ सय वर्षलाई लक्षित गरेर खोलाभन्दा माथि र खोलाको पानी सुरुग भित्र हाल्दा कस्तो उपाय गरेर सुरक्षित बनाउनेमा ध्यान दिन जरुरी देखिएको छ ।
बाढीले त्रिशूली करिडोरमा क्षति प¥याएका आयोजनाहरु
रसुवागढी सिमा नजिकको १११ मेगावाटको रसुवागढी क्षतिग्रस्त छ । उत्पादनमा आएको यो आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब १६ करोड २१ लाख रुपैयाँ कर्जा लगानी सहित निर्माण अवधिको व्याजबाहेक १५ अर्ब १८ करोड ३७ लाख रुपैयाँ लागत छ ।
उत्पादन परीक्षणमा रहेको स्याफ्रुबेसीस्थित २० मेगावाटको लाङटाङ खोला जुन ३ अर्ब ६४ करोड रुपयाँ लगातको छ ।
डाँडागाउँमा रहेको ५ मेगावाट क्षमताको मैलुङखोला जलविद्युत पूर्णक्षतिग्रस्त छ । यो करिब १ अर्बको लागतको हो । चिलिमेमा रहेको २२ मेगावाटको चिलिमे क्ष्ँतिग्रस्त छ, जुन २ अर्ब ४८ करोड रुपैयाँ लागतमा बनेको हो ।
त्यसैगरी थुमनको १२० मेगावाटको रसुवा भोटेकोसी २४ अर्ब ९५ करोड लागत रहेको छ, जुन निर्माणको चरणमा छ ।
त्रिशूली जलविद्युत केन्द्र इण्डियन सरकारको १४ करोड भारतीय रुपैयाँ सहयोगमा निर्माण भएको हो । केन्द्रको सुरुको क्षमता २१ मेगावाट थियो र पछि पुनस्र्थापनामार्फत क्षमता विस्तार गरी २४ मेगावाट बनाइएको थियो । त्रिशूलीकै क्यास्केडको आयोजनाको रुपमा १५ मेगावाटको देवीघाट जलविद्युत केन्द्र संचालित थियो जुन क्ष्ँतिग्रस्त छ । देवीघाट जलविद्युत केन्द्र १४ दशमलव १ मेगावाट श्री ५ को सरकार र इण्डियन सरकारको सहयोगमा ७५ करोड रुपैयाँ लागतमा २०४३ सालमा उत्पादन थालेको थियो । यो पनि बाढीले पूर्णक्षति पुगेको छ ।
नुवाकोट रसुवा बीचको ६० मेगावाटको त्रिशुली थ्री–ए बाढीले पुरै प्रभावित बनेको आयोजनाको लागत १७ अर्ब ३२ करोड रुपैयाँ छ । यो क्षतिग्रस्त छ । त्यसैगरी थ्री एको क्यास्केटड आयोजना ३७ मेगावाटको त्रिशूली–थ्री बी हो । यसको लागत ८ अर्ब २२ करोड रुपैयाँ छ ।
तुप्चेको १५ दशमलव ६ मेगावाटको मध्यत्रिशूली गंगा जुन निर्माणाधिन रहेको कारण बाढीले प्रभावित भएको छ । यो आयोजनाको लागत ५ अर्ब रुपैयाँ छ ।
२५ मेवावाटको नुवाकोट सौर्य त्रिशूली विद्युत आयोजना बाढीले पूर्ण रुपमा प्रभावित भएको छ । यसको लागत ४ अर्ब रुपैयाा छ ।

गएको वर्षको लेन्दे खोलामा आएको बाढीले विद्युत आयोजनाहरुमा बाँध, पावर हाउस र आवास क्ष्ँेत्रमा क्षति पु¥याएको थियो । पावरहाउसबाट निस्केको पानीको बिन्दु बाढीको उचाइ भन्दा कम हुँदा सोही ठाउँबाट लेदोपानी, गेग्रान, माटो, बालुवा, ढुंगा, मुढा, झारपात आदि पसेर विद्यृत गृहमा नोक्सान गरेको थियो ।
प्रतिक्रिया