काठमाडौं– विरोध प्रदर्शनमा साङ्लोको मुखुन्डो बोकेका कक्रोच जनता पार्टी (सीजेपी) का लाखौँ युवाहरुले भोग्दै आएको परीक्ष्ाँको एउटा डरबाट आफ्नो भविष्य निर्धारण गर्न नसकिने विश्वासले उग्ररुप लिएको छ ।
इण्डियामा केही साताको जारी जनविरोध चर्किदै गएको छ । दशौँ हजार युवा समुदायले इण्डियाको संसद्त भवनतिर मार्च गर्दै निस्केपछि उनीहरुलाई रोक्न नसकेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो । त्यो लाठीचार्जले युवामा आगोमा घिउ थप्ने काम गर्यो । अझ हजारौँको संख्यामा युवाहरु सडक आन्दोलनमा ओर्लिन थाले ।
महत्वपूर्ण परीक्षाहरूमा बारम्बार प्रश्नपत्र परीक्षा अगावै चुहावट भएपछि त्यसले उत्पन्न जनआक्रोशले कक्रोच जनता पार्टी (सीजेपी) जन्मिन पुग्यो । देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी, युवापलायन बढ्दैसंगै विद्यार्थीमाझ असन्तोषको ज्वला उग्रह भएको बताइएको छ ।
सीजेपीले शैक्षिक सुधार र केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका छन् ।
अहिलेको आन्दोलनको केन्द्रमा अभियानकर्मी सोनम वाङ्चुक छन् । उनी आन्दोलनको पक्षमा २६ दिन अनशनमा बसे र बिहीवार राति अनशन टुङ्ग्याए । वाङ्चुकको अनशन टुङ्गिएको भए पनि विद्यार्थी नेताहरू आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडानमा कक्रोज पार्टीको भनाई छ ।
प्रतिक्रिया