July 28, 2026
मुख्य समाचार श्रेणीहरू

जोर्डनमा २ अमेरिकी सैनिकको मृत्युपछि इरान र अमेरिकाबीच युद्ध झनै चर्कियो

काठमाडौं– इरानले बलिस्टिक क्षेप्यास्त्र र ड्रोन हमलामा जोर्डनमा दुई अमेरिकी सैनिक मारिनुका साथै थप एक जना बेपत्ता चारजना घाइते भएपछि मध्यपश्चिममा युद्ध चर्किएको छ ।

अहिले अमेरिका र इरानबीच एक अर्काविरुद्ध झनै आक्रमक भएका छन् ।

यूएस सेन्ट्रल कमाण्ड(सेन्टकम) ले ४ जना अमेरिकी सैनिकलाई उपचारका लागि जोर्डनका अस्पतालमा उपचारपछि जिम्मेवारीमा फर्किएको बताइएको छ । उता अमेरिकी आक्रमण इरानका ७ सैनिकको मृत्यु भएको बताइएको छ ।

अमेरिकी सैन्य अधिकारीहरूले शुक्रवार मारिएका सैनिकहरूको पहिचान खुल्न बाँकी रहेको बताइएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा शनिवार राति अमेरिकाले इरानविरुद्ध हवाई आक्रमणको नयाँ चरण सुरु गरेको जनाएका छन् ।
अमेरिकाद्वारा इरानमाथि लगातार आठौँ रातका आक्रमणले होर्मुजको जलमार्गमा व्यावसायिक ढुवानीलाई धम्की दिने इरानको क्षमतालाई अझ कमजोर पार्न तय गरिएका सेन्टकमले विज्ञप्तिमा जनाइएको छ ।

उता वाशिङ्गटनले इरानी बन्दरगाहको पुनः नाकाबन्दी लागू गर्नुका साथै तेहरानले होर्मुजको जलमार्ग बन्दको घोषणा गरेको छ ।
साभारः विभिन्न एजेन्सीको सहयोगमा

प्रतिक्रिया