काठमाडौँ–देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।
नेपाल कृषिप्रधान मुलुक भएकोले सरकारले असार १५ लाई औपचारिक रूपमा धान दिवसका रूपमा मनाउँदै आएको छ । यो वर्ष २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँको अवसरमा सोमबार देशभर धान रोपाईं भैरहेको छ ।
नेपालमा वार्षिक औसत ५५ लाखदेखि ५९ लाख मेट्रिकटन धान उत्पादन हुने गर्छ । कृषि क्षेत्रमा धानको २० प्रतिशत र देशको कुल ग्राहस्थ उत्पादन (जिडिपी) को करिब ५ देखि ७ प्रतिशत हिस्सा ओगट्छ ।
धानखेती लगभग २ करोड ७० लाख रोपनी क्षेत्रफल(१३ लाख ७६ हजार हेक्टर ) मा लगाउने गरिन्छ ।
कृषि तथ्यांक अनुसार कुल खेतीयोग्य जमिनको करिब ५४ प्रतिशत भागमा धानखेती हुने गरेको छ । उत्पादकत्व प्रति हेक्टर धान उत्पादन औसतमा ४ दशमलव १ देखि ४ दशमलव २ मेट्रिक टन रहेको छ ।
नेपालको कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा धान मात्रै करिब १३ देखि २० प्रतिशतसम्म योगदान छ ।
देशको सम्पूर्ण अर्थतन्त्रको हकमा भने यसको योगदान ७ प्रतिशत बराबर हुन्छ ।
नेपालमा धान र चामलको वार्षिक कारोबार झण्डै १५० अर्ब देखि रु. २०० अर्बसम्मको रहेको छ ।
कुल खाद्यान्न उत्पादनमा धानको योगदान ५० प्रतिशत भन्दा बढी छ र दैनिक क्यालोरी आवश्यकताको आधा हिस्सा यसैबाट प्राप्त हुन्छ ।
प्रतिक्रिया