June 13, 2026
सबै समाचार

पानी नपाउँदा गयो ५० जनाको ज्यान

काठमाडौं–पश्चिम अफ्रिकाकी मुलुक उत्तरी नाइजरको सहारा मरुभूमिमा यात्रामा निस्किएका यात्रुहरु गाडी बिग्रिएर अलपत्र पर्दा पिउने पानी अभावमा ५० जनाको मृत्यु भएको थियो ।

उनीहरु इद पर्व मनाएर मालीबाट आफ्नो घर नाइजरको बाटो हुँदै आफ्नो देश फर्किदै थिए । यात्रुवाहक ट्रक बीच बाटोमै बिग्रिएपछि उनीहरु अत्यधिक गर्मी र पिउने पानीको अभावमा मृत्यु भएका थिए । आफूसंग भएको सीमित पानी छिट्टै सकिएपछि अवस्था झन् भयावह बन्यो ।


मरुभूमिको बीचमा उनीहरू चढेको ट्रक अचानक बिग्रियो । चालक र यात्रुहरूले धेरै दिनसम्म गाडी मर्मत गर्ने प्रयास गरे । सफल भएनन् । मरुभूमिमा तापक्रम अत्यधिक थियो । भएको खानेपानी सकिँदै गए । यात्रुहरु प्यासले तड्पिन थाले । पानी लिएर आउने र उद्धारको आशामा बसेका धेरै यात्रुहरू तिर्खा र गर्मी सहन नसकी ज्यान गएको थियो । उक्त मरुभूमिमा फसेका ५२ जना थिए । त्यसमध्ये २ जना मात्र जीवितै बच्न सफल भए । उनीहरूको उक्त घटनाको सूचनाको जानकारी दिएपछि उद्धार टोलीले दर्जनौं शव फेला पारेको र अन्य अलपत्र परेका यात्रुहरूको समेत उद्धार गरेको जनाएको छ ।

यो घटनाले गर्दा पानीको महत्व र पानी विनाको संसारलाई विश्व सामु स्तव्ध बनाइदिएको छ भने मरुभूमिको यात्रा गर्दा अपनाउनु पर्ने योजना, मौसम, सुरक्षित यातायात र आपतकालीन तयारी विना लामो यात्र नगर्न सबैलाई झक्झकयाएको छ ।

प्रतिक्रिया