May 30, 2026
सबै समाचार

पारिस्थितिक प्रणाली सुधार गर्न युरोपेली मुलुकहरू सयौं पुराना बाँधहरू भत्काउँदै

काठमाडौं–युरोपका नदीमा बाँधिएका बाँधहरुलाई प्राकृति रुपमै नदीमा फर्काइएपछि पारिस्थितिक प्रणाली सक्रिय भई माछाहरु नदीमा देखा पर्न थालेका छन् । यो कार्य तीव्ररुपमा भैरहेको छ ।

युरोपका २१ देशहरूका ६ सय ३ वटा ती बाँधहरु हटाइएका छन् । यो सन् सन् २०२५ मा ३ हजार ७ सय ४० किमी नदीहरूलाई पुनः जोड्न सघाउ पुगेको छ ।
ती पुराना बाँधहरू भत्काउँदा नदीको पारिस्थितिक प्रणाली सुध्रिएर बाढी र खडेरी जस्ता जलवायुजन्य प्रकोपहरूको सामना गर्ने क्षमता बढ्दै गएको वातावरण विद्हरुले जनाएका छन् । यो कार्यले नदीहरु आफ्नो पुरानो लयमा फर्किएको छ ।

उदाहरणको रुपमा फिनल्याण्ड दक्षिण–पूर्वीको हिटलान्जोकी नदीमा रहेका बाँधहरू भत्काइएपछि नदीमा परिवर्तन आएको छ । नदीको बहाव तीव्र र चिसो भएसँगै त्यहाँ सालमन जातका माछाहरू देखा परेका थिए । यो फिनल्याण्डमा रहेको ताजापानीमा मात्र पाइने अन्तिम माछा सालमानको प्राकृतिक रूपमा वंशवृद्धि गर्ने वासस्थान पनि रहेको छ ।
१ सय वर्ष यता पहिलो पटक ३ वटा जलविद्युत उत्पादनका बाँधहरू रहेका स्थानहरू पार गर्दै सालमन माछाहरू नदीको माथिल्लो भ्रागतर्फ लागिरहेका छन् भने विभिन्न वनस्पतिहरु उम्रिन थालेका छन् ।

एडप्टिभ म्यानेजमेन्ट अफ ब्यारियर्स इन युरोपियन रिभर्स (एम्बर) एउटा अनुसन्धान परियोजनाले जनाए अनुसार युरोपका नदीहरूमा दशकौँ अघिका जलविद्युत, जलयातायात वा कृषिका लागि बनाइएका सानाठूला गरी १२ लाख वटा छन् ।

स्रोतः विभिन्न एजेन्सीको सहयोगमा

प्रतिक्रिया