July 28, 2026
सबै समाचार

रुसी राष्ट्रपति पुटिन दुई दिने भ्रमणमा चीन आउँदै, दुईदेश बीच महत्पूर्ण सम्झौता हुने

काठमाडौं– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन मंगलबार दुईदिने चीन भ्रमणमा आउने भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमण सकेर फर्केलगत्तै पुटिन चीनको राजधानी बेइजिङ जान लागेका हुन् ।

चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा दुई देशबीच आपसी सहयोग सम्झौताको २५ औं वर्षको अवसर पारेर पुटिन चीन आउन लागेको रुसको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ । ट्रम्पको बेइजिङ भ्रमणलाई रुसले नजिकबाट निहालेको बताइएको छ ।

ट्रम्प चीन जानुअघि नै पुटिनको चीन भ्रमणबारे कुराकानी भएपनि एकिन तोकिएको थिएन ।
चीनको बेइजिङमा दुई देशका प्रमुखहरूले द्विपक्षीय अन्तरविभागीय र अन्य सम्झौता सहित संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको बताइएको छ ।

रुस, युक्रेन युद्धका कारण पश्चिमी मुलुकसँग गम्भीर टकरावमा छ । त्यस्तो अवस्थामा चीन अहिले रुसको महत्वपूर्ण आर्थिक साझेदारमध्ये एक बनेको छ ।
रुसको कुल आयातको एक तिहाइभन्दा बढी वस्तु आपूर्ति चीनले गर्छ । रुसको निर्यातको चौथाइभन्दा बढी हिस्सा चीनले किन्ने गर्छ । तर चीनको कुल अन्तर्राष्ट्रिय व्यापारमा रुसको हिस्सा ४ प्रतिशत मात्रै छ ।

युक्रेन युद्ध र हाल इरान युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेको छ । यतिबेला रुसको ऊर्जा स्रोत चीनका लागि थप महत्वपूर्ण बन्दै गएको विश्लेषकहरुको भनाई छ ।
पछिल्ला वर्षहरूमा रुसले साइबेरियाबाट मङ्गोलियामार्फत चीनसम्म ग्यास पु¥याउने नयाँ पाइपलाइन परियोजनामा सहमति गर्न चीनलाई दबाब दिँदै आएको छ । तर चीनले एउटै आपूर्तिकर्तामा अत्यधिक निर्भर हुने जोखिमका कारण यसमा सावधानी अपनाउँदै आएको छ ।

प्रतिक्रिया