May 30, 2026
सबै समाचार

चीन भ्रमण सकेर फर्किए अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो वार्ता सफल र अविस्मरणीय भएको बताएका छन् ।

चीनको बेइजिङको दुई दिने भ्रमण पूरा गरी राष्ट्रपति ट्रम्प वासिङ्टन फर्किएका छन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सी जिनपिङले भ्रमणलाई ऐतिहासिक र कोसेढुङ्गा भनेर चित्रण गरेका छन् ।

दुई देश बीच कुनै ठूलो व्यापारिक तथा नयाँ सम्झौताको घोषणा गरिएको छैन । भेटका क्रममा दुई नेताहरूबीच व्यापार, तेल आपूर्ति, इरान र ताइवान जस्ता मुद्दाहरूमा छलफल भएको बताइएको छ ।
यसअघि ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा सी जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको दाबी गरेका थिए ।

ट्रम्पका अनुसार चीनले हर्मुजको जलडमरू फेरि खोल्न चाहेको र बेइजिङले अमेरिकासँग तेल किन्न पनि सहमति जनाएको ट्रम्पको दाबी छ ।
अहिलेसम्म दुवै पक्षले वार्ताको ठोस नतिजा वा कुनै औपचारिक सम्झौता बारेमा सीमित जानकारी मात्र साझा गरेका छन् ।

प्रतिक्रिया