काठमााडौं– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको तीनदिने राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ पुगेका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनफिङको निमन्त्रणामा ट्रम्पले मे १३ देखि १४ तारिखसम्म चीनको भ्रमण गर्न चीन पुगेका हुन् । लामो उडानपछि अमेरिकी राष्ट्रपति ट्रम्प बेइजिङको समय अनुसार बुधबार ७ बजेर ५० मिनेटमा बेइजिङ अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
झण्डै ९ वर्षपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो । यसअघि उनीे सन् २०१७ नोभेम्बरपछि यो दोस्रो भ्रमण हो ।
दुई नेताबीच द्विपक्षीय सम्बन्ध, विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अमेरिकी राष्ट्रपति र चीनीयाँ राष्ट्रपति बीच हुने वार्तालाई विश्व समुदायले गम्भिर रुपमा हेरेका छन् ।
दुई राष्ट्रपति बीच, मध्यपश्चिम इरानमा भैरहेको युद्ध, त्यसबाट निस्केको हर्मुज नाका बन्दबाट उव्जेको इन्धन संकट, दुईदेश बीचको व्यापार, इरानले युरेनियम प्रशोधनबाट परमाणु बम निर्माण बन्द गर्नुपर्ने लगायत ताइवान बारेमा पनि कुराकानी हुने आस गरिएको छ ।
प्रतिक्रिया