काठमाडौं–एसईई २०८२ सालको नतिजा सार्वजनिक गरेको छ ।
सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जनाएको छ । अघिल्लो वर्षभन्दा ४ दशमलव १७ प्रतिशतले नतिजामा सुधार आएको बार्डले जनाएको छ । गत वर्ष एसईईमा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
सरकारले एकमहिनाभित्रमै नतिजा प्रकाशन गर्ने घोषणा बमोजिम २९ दिनमा सोमबार राति एसईईको नतिजा सार्वजनिक गरेको हो । त्यसका लागि परीक्षा दिएको केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण व्यवस्था मिलाइएको थियो ।
एसईईमा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमा २ लाख ५४ हजार ८ सय १ छात्र, २ लाख ५७ हजार ६ सय १३ जना छात्रा र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
पूरक परीक्षा आगामी असार १ देखि ९ गतेसम्म संचालन गर्ने बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिक्रिया