May 30, 2026
मुख्य समाचार सबै

नुवाकोट विजयको रुपमा मनाइने सिन्दूरे जात्रा

नुवाकोट–नुवाकोट पूरानो सदरमुकाम नुवाकोटको भैरवी मन्दिर प्रांगणमा सिन्दुरे जात्रा मनाइएको छ ।


गोरखाका राजा पृथ्वीनारायण शाहले कान्तिपुर अधिनस्थ नुवाकोट विजयलाई सिन्दूरेजात्राको रुपमा मनाउन थालिएको हो ।


नुवाकोट विदुरनगरपालिका २ स्थित भैरवीको मन्दिरछेउ, महेशमर्दिनी मन्दिरमा कुमारीको उपस्थितिमा तान्त्रिक विधि अनुसार गुभाजुले धामी धमिनी, गणेशलाई विधिपूर्वक पूजा गरेपछि गाजल लगाइदिए । बढाईं गर्न बसेका बन्दुकेले बन्दुक पड्काए । त्यसपछि नुवाकोट मौला अमालका प्रमुख एवं व्दारे महेन्द्रकुमार शाहीले गुभाजुले विधि गरी प्रदान गरेको सिन्दुर धामी र धमिनीलाई छर्के । त्यसपछि सुरु भयो, सिन्दुरे जात्रा । सहभागी सबैले सिन्दुर टीका लगाए । सिन्दुर जात्रामा सहभागी हुन सरकारी पदाधिकारी र जात्रालु सबैलाई सिन्दुर छर्केपछि सिन्दुरे जात्रा गरियो । अनि नेपाली सेनाको व्यण्ड बाजा, देवीबाजा सहित धामीधमिनी, सबै सरकारी पदाधिकारी, नेपाली सेना, सशस्त्र प्रहरीबल, नेपाल प्रहरी, समाजसेवी, स्थानीयवासी लगायत सहभागी भए ।


राजा पृथ्वीनारायण शाहले नुवाकोट विजयी भएको अवसरमा सिन्दुर जात्राको प्रचलन सुरुवात गराएको राजप्रतिनिधि एवं व्दारे महेन्द्रकुमार शाहीले बताए ।

भैरवीको खटलाई साततल्ले दरबार निर्माण हुँदै गरेकाले नेपाली सेनाले लामपाटीमा भैरवी सलामी दिए ।

त्यसपछि सिन्दूर जात्रा गरेपछि बाजागाजा सहित भैरवीको खट, धामी,धमिनी, व्दारे सहित भैरवी मन्दिरभन्दा उत्तरतर्फ केहीमाथि तुलजा भवानीतर्फ अघि बढे । त्यस बीचमा पर्ने व्दारे निवासमा अगाडि हा“स सहितको बलि पूजा दिएको दिइयो ।

त्यसपछि धामी, धमीनी र गणेश र कुमारलाई तुलजा भवानीका उपसेहरुले भोज खुवाए । तलेजु भवानीको मन्दिरमा बलि चढाई भैरवीथानको प्रांगण लामपाटीमा पुनःखट फकाइयो ।

त्यसअघि विदुरनगरपालिका २ भैरवीमन्दिरदेखि दक्षिणमा पर्ने धरमपानीबाट भैरवी मन्दिर आए । त्यसअघि विदुरनगरपालिका ५ देवीघाटस्थित जालपादेवी मन्दिरबाट शुक्रबार राति धामीधमिनी, उपासे, नुवाकोट मौलाअमालका प्रमुख तथा व्दारे, नुवाकोट भैरवीको रथमा राखिएका अष्टमात्रिका, बाह्रभाई गणको मुकुटलाई धरमपानीमा बसे । शनिबार साइत हेरेर दिउ“सो साढे ३ बजेको समयमा गुभाजुले पूजाविधि गरेपछि भैरवीमन्दिरतर्फ लावालस्कर लागेका थिए । त्यतिबेला सेनाको व्याण्ड बाजा, देवीको चाडपर्वमा बजाइने बाजा, धिमे बाजा सहित शक्ति पीठ भैरवीको खट बोक्दै जयजयकार गर्दै भैरवी मन्दिर पुगेर सिन्दुरे जात्रामा परिणत भएको थियो ।


नुवाकोटमा शनिबार सिन्दुरे जात्रा चैत शुक्ल अष्टमीदेखि सुरु भई वैशाख कृष्ण दशमीसम्म चल्छ । यो जात्रा यस वर्ष चैत १२ बाट सुरु भएको हो । यही चैत १९ गते देविघाट जात्रा र चैत २१ गते सिन्दुर जात्रा गर्दै वैशाख कृष्ण दशमी, चैत २९ सम्म मनाइन्छ ।

प्रतिक्रिया