नुवाकोट–परापूर्वकालदेखि चलिआएको लिच्छविकालीन शक्तिशाली देवी नुवाकोटकी भैरवीदेवीको सिन्दुरे (भैरवी वर्षबन्धन) सुरु भएको छ ।
हरेक वर्षको चैत्र शुक्ल चतुर्दशीका दिन साततल्ले दरवार भन्दा परको दक्ष्ँिणपश्चिम भागमा रहेको बुढी भैरबी मन्दिर परिसरमा र त्यसभन्दा अलिमाथि छोरी भैरबी मन्दिर पछाडि भागमा दोस्रो लिंगो ठड्याएपछि भैरवी बर्षबन्धन नामले समेत चिनिने सिन्दुरे जात्रा पर्वको सुरुवात भएको मानिन्छ । लिंगो ठड्याउनुभन्दा पहिला यहा“ रहेकी जिवित कुमारी (दिनेशा डंगोल) को हातबाट भैरवी मन्दिरका पूजारी तथा धामी (हरिमानसिं डंगोल)ले साइतमा स्नान कार्य गरेर बन्दुक पड्काएपछि धामीलाई भोटो र जामा पहिराइन्छ । त्यसपछि गरगहना, मुकुट, बाला, चा“दीको पेटी, डमरु पात्र आदि पनि पहिराइन्छ । धामीले आफ्नो निवासमा सगुन लिन्छन् । नुवाकोट मौला अमाल प्रमुख व्दारे महेन्द्रकुमार शाहीको घरमा जाने चलन छ । त्यसपछि काठमाडौबाट आएका तान्त्रिक बज्राचार्य(गुभाजु)ले मन्त्रोचारण गर्ने र गुठियारले धामीलाई पूजा गर्छन् । त्यसपछि गुभाजुले धामीधमिनीलाई भैरवभैरवी चढाउने विधि गर्छन् । महाबलि दिन्छन् । धामीधमिनी र अन्य गणलाई तलेजु मन्दिरमा गुभाजू द्वारा विशेष पूजाआजा गर्छन् ।

त्यसपछि भैरवी र गण (देवी र गणका मुकुट राखिएको) गणसहितको खट, विनपा ५ स्थित देवीघाटमा रहेको जालपादेवी मन्दिरतर्फ धामीधमिनी सहित प्रस्थान गरेका छन् । भैरवी मन्दिरदेखि जालपादेवी १५ किमी तल सूर्यमति र त्रिशूलीको संगमस्थल देवीघाटमा रहेको छ । भैरवीको मुकुट सहितको खट बोक्नका सूर्यगढीगाउ“पालिका १ लच्याङका तामाङ समुदायका गुठियारले बोक्ने गर्छन् ।

भैरवी देवी देवीघाटमा
विहिबार अपरान्ह भैरवीको मुकुट सहितको खट विहिबार राति विषेश बाजागाजा सहित खट भैरवीथानबाट बोक्दै धरमपानी, नुवाकोट जंगल, बाराहीथान, बट्टार पुरानोबजार, इनारपाटी, बा“डाको चौतारो, माझिटार ठूलो बगैचा हुदै देवीघाट पुगेको छ । धामीधमिनी र खटको ठाउ–ठाउमा पूजा बलि लिएका थिए । देवीघाट मन्दिरभन्दा केही माथि धामीले त्रिशूली नदीमा नुहाई, कपडा विछ्याएर हिंडाई जालपादेवी मन्दिर पुर्याइएको छ । विहिबार राति देवी जालपाको माइती भनिने लिखुगाउ“पालिका ४ का गणखारका राई समुदायले धामीलाई चुनेको बोको बलि लिएपछि अन्य बलि लिने क्रम सुरु हुन्छ । त्यो हेर्न हजारौ स्थानीय र भक्तजन देवीघाट ओरिएका छन् । बलि लिएपछि धामीले राति वर्र्षभरि राष्ट्रमा हुने भविष्यवाणी गर्छन् । धामीले भनेका भविष्यवाणी लिपिवद्ध गरेर नुवाकोट मौला अमाल(व्दारे)ले राष्ट्र प्रमुखलाई पठाउने चलन अद्यपी छ । शुक्रबार देवीघाटबाट भैरवीको खट र धामी फर्केर नुवाकोटको धरमपानीमा बास वस्छन् । शनिबार बाजागाजा सहित नुवाकोटमा सिन्दुरे जात्रा गरिन्छ ।
आज काठमाडौंको वाइसधारामा मेला
आज काठमार्डौको पश्चिमोत्तर कुनामा रहेको बाइसधारामा पनि मेला लागेको छ । बाइसधारामा स्नान गरे दीर्घायु र मनोकांक्षा पूरा हुने जनविश्वासका साथ भक्तजनहरुले धारामा स्नान गर्ने, सितलामाई, राजाका लागि बनाइएको बूढानीलकण्ठ भगवानको पूजा गर्ने साथै हनुमान, ब्रजायन, शिवजी, वनदेवी, कुमारीको पूजाअर्चना गरेका छन् ।
प्रतिक्रिया