काठमाडौँ–वर्षा र सहकालका देवताको रुपमा पूजिने सेतो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ ।
विहिबार काठमाडौँ मच्छिन्द्र बहालदेखि आर्याअवलोकितेश्वर(सेतो मच्छिन्द्रनाथ ) लाई खटमा राखि तीनधारा पाठशालामा तयार गरिएको रथमा विराजमान गराएपछि जात्रा सुरु भएको हो ।
सेतो मच्छिन्द्रनाथलाई अग्लो खटमा राखि काठमाडौं उपत्यकाका वृद्धबृद्धालाई दर्शन गराउदै रथ गुडाएर नगरपक्रमा गरी मनाइने जात्रा हो । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन अद्यपी छ ।
अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुने गर्छ ।
सेतो मच्छिन्द्रनाथको रथ मच्छिन्द्र बहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन लगिन्छ ।

प्रतिक्रिया