May 30, 2026
मुख्य समाचार सबै

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ– मध्यपश्चिम खाडी मुलुकमा भैरहेको युद्धको असर देखाउँदै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

बुधबार साँझ निगमले विज्ञप्ति जारी गर्दै मध्यरातदेखि लागू हुने गरी डिजेल÷मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको छ ।

यसअघि निगमले यही चैत पहिलो साता मूल्य समायोजन गरेको थियो । निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ मूल्य तोकेको छ । त्यसैगरी डिजेल÷मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ तोकेको छ । यो समायोजन मूल्यसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पर्ने भएको छ ।


निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल डिपोलाई तोकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारे पनि मुख्य रुपमा अमेरिका–इजरायल र इरान बीचको युद्धका कारण मूल्य बढेको छ ।

प्रतिक्रिया