May 30, 2026
मुख्य समाचार सबै

ग्यासको कृतिम अभाव सिर्जना गरी उपभोक्ता ठग्नेलाई कारबाही गर्न महासंघको माग

काठमाडौ–अहिले बजारमा मध्यपूर्वमा भएको युद्ध कारण देखाएर खाना पकाउने ग्यासको कृतिम अभाव सिर्जना गरेर उपभोक्ता ठग्ने विक्रेतालाई कारवाही गर्न माग गरिएको छ ।

मंगलबार ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको र तोकेको बजारमूल्यभन्दा बढी लिने गरेकाले कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।
महासंघले विज्ञप्ति जारी गर्दै बजारमा ग्यास अभाव भएको र केही ठाउँमा विक्रेताहरुले अनुचित मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेको संचारमाध्यममा आएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पछिल्लो मध्यपूर्वमा देखिएको अशान्तिको वातावरणलाई देखाएर भविष्यमा ग्यास नपाइने हो भनेर अफाह फैलाएर उपभोक्तालाई चिन्तित तुल्याएको महासंघको विज्ञप्तिमा उल्लेख गरेको छ ।
महासंघले देशभरिका आमविक्रेतालाई कुनै पनि गैरकानुनी काम नगर्न र जिम्मेवार भएर सेवा प्रवाह गर्न अपिल गरेको छ ।


गैरकानुनी काम गर्ने जोकोहीलाई कारबाही हुने कुरा सबै जिल्ला संघमार्फत देशभरिका विक्रेतालाई जानकारी गराउन महासंघले निर्देशन दिएको छ ।

प्रतिक्रिया