May 30, 2026
मुख्य समाचार सबै

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ४० दिन शोक मनाउने,नेपाली समस्यामा

काठमाडौं– इरानका ८६ वर्षीय सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि भएसँगै ४० दिन राष्ट्रिय शोक घोषणा गरिएको छ ।


खामेनीको मृत्युको विषयमा अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहुको संलग्नता रहेको आरोप लाग्दै आएको विभिन्न संचारमाध्यमले जनाएका छन् । खामेनीमाथि आर्थिक र सामरिक कारणहरु रहेको अमेरिका र इजरायलको थियो । सोही कारण उनी निशानामा रहेको बताइएको छ ।

इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि इरानी सरकारी टेलिभिजनमा भावुक हुँदै प्रसारण गरिएको थियँे भने उनको मृत्युमा ४० दिन शोक घोषणा गरिएको छ ।
उनी कसरी इरानको सर्वोच्च नेता बने र अमेरिका–इजरायल किन उनको पछि लागे र अन्तत उनी मारिए ।
इरानले परमाणु कार्यक्रमहरु चालू राखेको मुख्य विषय नै अमेरिका र इजरायलको टाउको दुखाई बनेको थियो । पछिल्लो समय मुख्य निशानामा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी परे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु इरानमा सत्तापलट गर्न चाहन्छन् । त्यसकारण शनिबार राति भएको आक्रमणपछि अमेरिकी कारबाहीमा मारिए ।
खामेनीको उत्तराधिकारीका रूपमा अली लारीजानीको नाम चर्चामा आएपनि सत्तापलट भएमा अमेरिकामा रहेका पूर्व राजा शाहका छोरा रजा पहलवीले पनि दाबी गर्ने बताइएको छ । खामेनीको मृत्युले मध्यपूर्वको राजनीतिमा ठूलो हलचल ल्याउने छ । अब इरानमा शान्तिपूर्ण राजनीतिको अवतरण हुनेमा आशंका गरिएको छ ।


इरानमाथिको आक्रमणले बैदेशिक रोजगारमा खाडीमा रहेका नेपालीहरुलाई भने समस्यामा पर्ने भएका छन् भने त्यहाँबाट इण्डिया हुँदै आउने इन्धन मंहगो हुँदा मंहगी बढ्ने बताइएको छ ।

प्रतिक्रिया