May 30, 2026
समाचार

इरानमाथि आक्रमण भए क्षेत्रीय युद्ध हुने

काठमाडौं– सैन्य हस्तक्षेप भए मध्यपूर्वमा क्षेत्रीय युद्ध हुने इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अमेरिकालाई चेतावनी दिएका छन् ।

हालै ईरानको राजधानी तेहरानमा आयोजित सभालाई सम्बोधन क्रममा बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो सैन्य धम्कीको प्रतिवाद स्वरुप उक्त भनाई बाहिर आएको हो ।
खामेनीले भनेका छन् यदि इरानको सार्वभौमसत्तामाथि आँच आए निर्णायक प्रहार हुने जनाए ।

पछिल्ला केही समयदेखि अमेरिका र इरानबिचको सम्बन्ध निकै कठिन मोडमा पुगेको छ । राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रम र देशभित्र भइरहेका सरकार विरोधी प्रदर्शनलाई इरानी प्रशासनले बल प्रयोगको विरोधमा सैन्य कारबाहीको चेतावनी दिएका छन् ।

अमेरिकाले खाडी क्षेत्रमा यूएसएस अब्राहम लिङ्कन लगायतका विमानवाहक युद्ध पोतहरू परिचालन गरेको छ भने इरानले पनि आफनो रिभोलुसनरी गाड्र्सलाई उच्च सतर्कतामा राखेको छ ।
इरानभित्र हालै भएका प्रदर्शनहरूलाई खामेनीले विदेशी शक्तिद्वारा प्रायोजित कुको प्रयासमा अमेरिका र इजरायलको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाए ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया