काठमाडौं–नेपाली कांग्रेसको आधिकारिकता विवाद लिएर शेरबहादुर देउवा पक्षधर सर्वोच्च अदालत जाने भएको छ ।
शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा पक्षधरलाई कांग्रेस पार्टीको आधिकारिकता दिने निर्णय गरेपछि देउवा पक्षधर नेताहरु त्यस विरुद्ध आइतबार सर्वोच्च जाने भएका हुन् ।
शनिबार देउवा पक्षका नेताहरुको बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध संवैधानिक, कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको कांग्रेस नेता प्रकासशरण महतले जनाएका छन् । निर्वाचन आयोगले देउवा पक्षधरको कुरा नसुनी एकपक्षीय र दूषित मनसायले निर्णय गरेको आरोप लगाउँदै आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी गरेको जनाए ।
कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै वास्तविक र वैधानिक रहेको दाबी गर्दै नेताहरु आयोग विरुद्ध सर्वोच्च जान लागेका हुन् । सर्वोच्चले निर्वाचन आयोगले गरेको त्रुटिपूर्ण निर्णय सच्याएर आफूहरुलाई न्याय दिने विश्वास व्यक्त गरेकोे कांग्रेस नेताले जनाएका छन् ।
प्रतिक्रिया